२ चैत्र २०८२, सोमबार | March 16, 2026

लुम्बिनी बनाउने गरी काम गर्न उपाध्यक्ष लामाको निर्देशन



लुम्बिनी । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ)ले लुम्बिनी बनाउने सामूहिक संकल्पका साथ काम गर्न निर्देशन दिएका छन् ।

नवनियुक्त उपाध्यक्षले विहिबार कार्यालयका कर्मचारीहरुसँग परिचय तथा भेटघाट कार्यक्रममा बुद्धजन्मस्थल लुम्बिनी निर्माण गर्ने संकल्पका साथ काममा खटिन कर्मचारीहरुलाई निर्देशन दिएका हुन ।

उपाध्यक्ष लामाले विश्वका २ अर्ब बौद्धमार्गीहरुको आस्थाको केन्द्र लुम्बिनी भएकाले यो पवित्र स्थलको प्रचार प्रसारसँगै कार्यालयको कार्यसम्पादन पनि चुस्त राख्नुपर्नेमा जोड दिए ।

उनले कर्मचारीहरुको पेशागत सु्रक्षाका लागि आफुहरु लागि पर्ने बताउँदै संस्थाको काममा लापरवाही गरे कारवाही गर्ने बताए । नेपालको संविधान अनुसार बनेको ऐन, नियमावली, बिनियम, कार्यविधि, निर्देशिका र मापदण्ड अनुसार संस्थाको काम अघि बढाउने बताउँदै पदाधिकारी र कर्मचारीविचको एकताबाट लुम्बिनीलाई अगाडि बढाउने बताए ।

उपाध्यक्ष लामाले कोषमा यसअघि भएका गरेका कामका आधारमा बनेको दृष्टिकोण परिवर्तन गर्ने गरी काम गर्न आफू आएकाले सहयोग गर्न कर्मचारीहरुसँग आग्रह गरे ।

जसको जे काम हो, त्यो गर्नुपर्ने बताउँदै जिम्मेवारी अनुसार काम नहुने कर्मचारीहरुको मूल्यांकन हुने उनले बताए । संस्थागत सुशासन कायम गर्दै आर्थिक पारदर्शीता कायम गर्दै बाँकी रहेको गुरुयोजनाको कामलाई अघि बढाउने उपाध्यक्ष लामाले बताए ।

परिचयात्मक तथाल भेटघाट कार्यक्रममा कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, सूचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राई लगायतले बोल्दै विभिन्न बिषयहरुका बारेमा जानकारी दिए ।

उक्त अवसरमा उपाध्यक्ष समक्ष कर्मचारीहरुले कोषको वर्तमान अवस्था र कोषका विविध बिषयमा सुझावहरु पेश गरेका थिए । लामालाई साउन १६ गते बसेको मन्त्रिपरिषदले कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो । उनले साउन २५ गते पदभारग्रहण गरेका थिए ।

प्रकाशित मिति : ७ भदौ २०८०, बिहिबार  ७ : १७ बजे

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ दशमलव १२ प्रतिशत

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

नवलपरासी कारागारका १८० कैदी अझै फरार

नवलपरासी । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र

सीके राउतद्वारा संसदीय राजनीतिबाट सन्यास घोषणा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास

सुनको मूल्य सामान्य बढ्यो, चाँदीमा पनि हल्का वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको