३१ असार २०८३, बुधबार | July 15, 2026

इन्जिनियरिङ अध्ययन शुल्क वृद्धिको विरोधमा विद्यार्थीको प्रदर्शन



काठमाडौं । इन्जिनियरिङ अध्ययन शुल्क वृद्धिको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले बीई तहको शिक्षण शुल्क वृद्धि गरेको विरोधमा विद्यार्थीहरुले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

स्वतन्त्र विद्यार्थी युनियन पुल्चोक क्याम्पसको अगुवाइमा ७ विद्यार्थी संगठनले संयुक्त रुपमा प्रदर्शन गरेका छन् । उनीहरुले पुल्चोकस्थित डिन कार्यालयदेखि माइतीघर मण्डलसम्म प्रर्दशन गरेका हुन् ।

इन्जिनियरिङ अध्ययन संस्थान डिनको कार्यालयले ३ लाख १८ हजारबाट शुल्क वृद्धि गरेर शिक्षण शुल्क ७ लाख ७७ हजार पुर्‍याएको छ । डिन कार्यालयले आंगिक क्याम्पसहरूले लिन पाउने शुल्कमा वृद्धि गरेको हो । क्याम्पसहरू घाटामा रहेका कारण देखाउँदै शुल्क वृद्धि गरिएको हो ।

तर, विद्यार्थीहरुले भने एकैपटक यतिधेरै शुल्क वृद्धि गरेको भन्दै आन्दोलित छन् । आन्दोलित विद्यार्थीहरुले डिन कार्यालयले अवैधानिक र अवैज्ञानिक रूपमा गरेका शुल्क वृृद्धि फिर्ता लिनुपर्ने एकसुत्रीय माग राखेका छन् । शुक्रबारको आईओई स्ववियूलगायत नेविसंघ, अनेरास्ववियु, अखिल (क्रान्तिकारी)लगायत ७ विद्यार्थी संगठनमा आबद्ध विद्यार्थी सहभागी भएका छन् ।

प्रकाशित मिति : ८ भदौ २०८०, शुक्रबार  १ : ५१ बजे

मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान

काठमाडौँ । मौसमविद्ले आगामी केही दिन मध्य र पश्चिम नेपालमा

बुटवलमा सार्वजनिक भयो नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी

बुटवल । बुटवलमा टीभिएस मोटर कम्पनीले नयाँ टीभिएस अपाचे आरटीआर

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा

अन्तरराष्ट्रिय सम्मानले उचाल्यो नेपालगन्ज र धारा म्याराथनको साख

नेपालगन्ज । “मैले पनि सोचेको थिएन एम्सले मलाई यसरी सम्मान

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले फेरि १०० अर्ब रुपैयाँ बजारबाट तान्दै

काठमाडौँ । बैंकिङ प्रणालीमा तरलता उच्च स्तरमा पुगेपछि नेपाल राष्ट्र