१२ माघ २०८२, सोमबार | January 26, 2026

बागमती नदीमा र्‍याफ्टिङ (फोटो फिचर)



काठमाडौं । बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि बागमती नदीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ सम्पन्न भएको छ ।
नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा आज बिहान ७ बजे कुपण्डोलस्थित बागमती पुलछेउबाट सुन्दरीघाटसम्म र्‍याफ्टिङ (जलयात्रा) गरिएको हो ।
नाराका उपाध्यक्ष शिशिर खनालले बागमती नदी सभ्यताको पहिचान, संरक्षण र सम्वद्र्धनका साथै ¥याफ्टिङ र जल पर्यटनको उजागर गर्नका लागि र नदी महोत्सव तथा महाजलयात्रा गरिएको बताए ।
काठमाडौं सहरका साथै बागमती नदीको वातावरण दूषित भएको भन्दै २३औँ संस्करणका रुपमा महाजलयात्रा आयोजना गरिएको हो । सामाजिक र धार्मिक इतिहास बोकेको सुन्दर र महत्वपूर्ण बागमती नदी ढलमा परिणत भएको भन्दै पछिल्लो समय अभियन्ताले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् ।
बाजागाजासहित सुरु भएको जलयात्राले सबैलाई नदी नजिक पु-याउने, नदीको अवस्था बुझाउने, नदी चिनाउने तथा तिनीहरुको सरोकार राख्ने अवस्था सिर्जना गराएको नाराले जनाएको छ । सोही अवसरमा सहभागीले नदी सरसफाई समेत गरेका थिए ।

प्रकाशित मिति : ९ भदौ २०८०, शनिबार  १२ : ११ बजे

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा । झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना

वीरगञ्जनाका हुँदै सामान आयात बढ्यो

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को ६ महिनामा

मनाङमा प्रत्यक्षतर्फ तीन चिन्हमा मतदान हुने

मनाङ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली

निर्वाचन आउन ३८ दिन बाँकी : संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा