१६ चैत्र २०८२, सोमबार | March 30, 2026

तिलोत्तमामा जारी जेसिज क्षेत्र ‘घ’ को सम्मेलनमा पुन: लफडा : प्रहरी लगाएर महिला प्रतिनिधीलाई घिसार्दै निकालियो बाहिर



बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलन पुन: तनावग्रस्त बनेको छ । क्षेत्र ‘घ’ अन्तरगत शुक्रबारदेखि जारी सम्मेलनमा महिला प्रतिधिलाई प्रहरीको बल प्रयोग गरी घिसारेर कार्यक्रमस्थलबाट बाहिर निकालिएको छ । विवादपछि शुक्रबारदेखि नै बाक्लो रुपमा प्रहरी परिचालन गरी कडा सुरक्षा बीच सञ्चालन गरिएको सम्मेलनमा धनगढी लेडी सेसिजकी अध्यक्ष सरिता साउदलाई सभाकक्षबाट घिसारेर बाहिर निकालिएको थियो ।

जारी सम्मेलनमा रुपन्देहीको सिद्धार्थ लेडी जेसिज र धनगढी लेडी जेसिसमा उत्पन्न विवाद समाधान नगरी आयोजकले एकपक्षीय ढंगले प्रतिनिधित्व गराएको भन्दै विरोध जारी छ । सम्मेलनमा असन्तुष्ट पक्षलाई आधिकारिकता नभएको भनि आयोजकले प्रवेशमा रोक लगाएको छ ।

विगत ३ वर्षदेखि विवाद भएको सिद्धार्थ जेसिजमा समस्या समाधान नगरी आफूहरुलाई प्रतिनिधित्व गर्न नदिएपछि असन्तुष्ट पक्षले बिरोध गरेका छन् । नेपाल जेसिजको नेतृत्वले व्यक्तिगत स्वार्थ अनुसार सिद्धार्थ लेडी जेसिजको अध्यक्षमा विष्णु पाण्डे हुनुपर्नेमा गीता बन्जाडेलाई अध्यक्ष बनाइएको भन्दै पूर्व अध्यक्ष रचना क्षेत्रीले जानकारी दिइन ।

बिष्णु पाण्डे समूहले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको प्रमाणपत्र तथा अन्य विभिन्न आवश्यक कागजात देखाउँदै पूर्व अध्यक्षको समर्थनसहित आफूहरु नै आधिकारिक भएको दाबी गर्दै आएको छ । यद्यपी नेपाल जेसिसले बन्जाडे नै आधिकारिक भएको भनि असन्तुष्ट पक्षलाई कार्यक्रममा सहभागी हुनबाट रोक लगाएको हो । नेतृत्वले विवाद समाधान गर्नुको साटो अनाधिकृत समूहलाई मान्यता दिने तर आधिकारिक समुहबाट रजिष्ट्रेसन शुल्क उठाएर पनि सहभागी हुन नदिएको क्षेत्रीले बताइन् । सिद्धार्थ लेडी जेसिजमा २०२० देखि नै विवाद कायम रहेको छ ।

यसैगरि धनगढी लेडि जेसिजमा पनि ३ वर्षदेखिको विवाद समाधान नगरी एक पक्षीय रुपमा प्रतिनिधित्व गराएको भनि बिरोध भएको छ । धनगढी लेडि जेसिजमा सरिता साउद आधिकारिक नेतृत्व भएपनि पवित्रा पाण्डेको समूहलाई एक पक्षीय रुपमा प्रतिनिधित्व गराइएको भनी बिरोध भएको छ । नेपाल जेसिजका अध्यक्ष बिकास मानन्धरले आफू महासचिव हुँदा मान्यता दिएको समितिलाई अहिले आएर मान्यता नदिनु गलत भएको सरिता साउदले बताइन् ।

तिलोत्तमा जेसीजको आतिथ्यतामा शुक्रबारदेखि मणिग्राम स्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा जारी सम्मेलनमा देशभरबाट करिब १ हजार बढी प्रतिनिधि सहभागी भएका छन् । दुई दिनसम्म चल्ने सम्मेलनमा क्षेत्र ‘घ’ अन्तरगत गैडाकोटदेखि पश्चिम महेन्द्रनगरसम्मका ५८ शाखाबाट करिव ५ सय प्रतिनीधि तथा पर्यवेच्छेक, नेपाल जेसीज र अन्य शाखा तथा अतिथि समेतको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ९ भदौ २०८०, शनिबार  ६ : ५१ बजे

बिहीबार सङ्घीय संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले यही चैत १९ गते बिहीबार दिउँसो २ः००

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतलाई

खजुरामा ‘प्रथम खजुरा गोल्ड कप’ सञ्चालन हुँदै

खजुरा । खेलकुदको क्षेत्रमा मुलुकमै योगदान गरेको बाँकेको खजुरामा पहिलो

नागरिकसँग शिष्ट बोली, बचन एवं व्यवहार गर्न प्रहरीलाई गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, तत्काल छोड्न अस्वीकार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरण