१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

लुम्बिनीका मुख्यमन्त्री चौधरी र उपाध्यक्ष लामा बीच भेटवार्ता



लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामा विच शनिबार भेटवार्ता भएको छ ।

साउन १६ गते मन्त्रिपरिषदबाट ५ वर्षका लागि उपाध्यक्षमा नियुक्त भएपछि बृहत्तर लुम्बिनी क्षेत्रको विकासका बिषयमा प्रदेश सरकारसँग सहकार्य गर्ने बिषयमा मुख्यमन्त्री चौधरीसँग उपाध्यक्ष लामाले भेटवार्ता गरेका हुन ।

लुम्बिनी स्थित होक्के होटलमा करिब एक घन्टाको भेटवार्तामा ४७ वर्ष अघि सुरु भएको लुम्बिनी गुरुयोजना कार्यान्वयन र गुरुयोजनाको बाँकी काम पूरा गर्ने सन्दर्भमा छलफल भएको उपाध्यक्ष लामाले बताए ।

भेटमा उपाध्यक्ष लामाले बृहत्तर लुम्बिनी क्षेत्रको विकासका लागि प्रदेश सरकारसँग सहकार्यका लागि आग्रह गरेका थिए । त्यस्तै लुम्बिनी बुद्धपथसँग सम्बन्धित तिलौराकोट, गोटिहवा, कुदान, निग्लिहवा, देबदह, रामग्राम, अरौराकोट, सगरहवा, सिसहनिया, लगायतका क्षेत्रलाई धार्मिक पर्याटकीय स्थलको रुपमा विकास गर्ने लक्ष्यको साथ अगाडि बढेको उपाध्यक्ष डा.लामाले भेटमा मुख्य मन्त्री चौधरीलाई जानकारी गराए ।

भेटमा मुख्मन्त्री चौधरीले भने यस क्षेत्रको धार्मिक, पर्यटकीय, सांस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक महत्वका स्थानको पहिचान, संरक्षण, संवद्र्धन तथा व्यवस्थापनमा टेवा पुर्याउनका लागि प्रदेश सरकार तत्तपर रहेको बताए । मुख्यमन्त्रीले बुद्धजन्मस्थल लुम्बिनी नेपालकै गौरव भएकाले यसको विकासमा हातेमालो गरेर अगाडि बढ्ने बताए ।

प्रकाशित मिति : ९ भदौ २०८०, शनिबार  ७ : ०२ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा