१ आश्विन २०८३, बिहिबार | September 18, 2026

बुटवल-११ को मगर महिला संघ वडा इकाई समितिमा पदस्थापन



बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ नेपाल मगर महिला संघको वडा इकाई समितिमा शनिबार पदस्थापन भएको छ । यही श्रावण १८ गते सम्पन्न संघको छैटौँ अधिवेशनबाट सर्वसम्मत चयन भएको नयाँ कार्यसमितिलाई मगर संघ वडा इकाई समितिको माझ गाउँ स्थित आफ्नै भवनमा प्रमाण पत्र प्रदान गर्दै पदस्थापन गरिएको हो ।

मगर महिला संघ रुपन्देहीकी पूर्व उपाध्यक्ष कुमारी थापा मगरले मगर महिलाहरु अब चुलो चौकोमा मात्र सीमित नभएर समाज निर्माणको अगुवाईमा समेत सामेल हुनु पर्नेमा जोड दिइन् । उनले मगर महिलाहरु सबैको मन जितेर सिंगो मगर समूदाय र समाजको अगुवाई गर्न समेत सक्षम रहेको जिकिर गरिन् । उनले मगर महिला संघलाई साझा बनाउनु पर्नेमा समेत जोड दिइन् ।

नवनिर्वाचित कार्यसमितिमा उमादेवी थापा मगर अध्यक्ष, उपाध्यक्ष चन्द्रा सुनारी मगर, सचिव दुर्गा कुमारी थापा मगर, सह-सचिवमा गंगा राना र कोषाध्यक्षमा सिमा पुन मगर रहेकी छन् । यसैगरी सदस्यहरुमा चन्द्र कुमारी थापा, रिता पुन मगर, लिला कुमारी थापा मगर, सकुन्तला घर्ती मगर, लक्ष्मी राना मगर, मिना पुलामी मगर, कृष्णा थापा मगर, कोपिला राना मगर, चित्रा थापा मगर, कमला ठाडा मगर, र यम कुमारी आले रहेकी छन् ।

निर्वाचन समितिको संयोजक सकुन्तला पुन मगरको अध्यक्षता, नेपाल मगर संघ रुपन्देहीकी पूर्व उपाध्यक्ष कुमारी थापा मगरको प्रमुख आतिथ्यता र निर्वाचन समितिका सदस्य मनोज राना मगरको सञ्चालनमा पदस्थापन कार्यक्रम भएको थियो । नेपाल मगर संघ वडा इकाई समितिका अध्यक्ष कृष्ण बहादुर कुंवर मगर, हरी घर्ती मगर, मगर महिला संघ वडा इकाई समितिकी निवर्तमान अध्यक्ष मिरा आले मगर लगायतले शुभकामना व्यक्त गरेका थिए । नवनिर्वाचित अध्यक्ष उमादेवी थापा मगरले धन्यवाद तथा आभार व्यक्त गरेकी थिइन् ।

प्रकाशित मिति : ९ भदौ २०८०, शनिबार  ७ : २८ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा