१६ श्रावण २०८३, शनिबार | August 1, 2026

ललिता निवास प्रकरणका आरोपीमाथि कीर्तेमा मुद्दा चलाउने सरकारी वकिलको निर्णय



काठमाडौं । सरकारी वकिलको कार्यालय, काठमाडौंले ललिता निवास जग्गा अनियमितमा संलग्नहरुलाई संगठित अपराधको आरोपमा मुद्दा नचलाउने निर्णय गरेको छ ।

सरकारी वकिलको कार्यालयले उनीहरुमाथि सरकारी कागजात किर्ते गरेको अभियोगमा मात्र मुद्दा चलाउने निर्णय गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले
भने अनियमिततामा संलग्नहरुमाथि कीर्ते र संगठित अपराधमा मुद्दा चलाउनुपर्ने राय दिएको थियो ।

सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा कीर्तेको मुद्दा दर्ता गरेको छ। संगठित अपराधमा मुद्दा चलाउनका लागि प्रमाण नपुग्ने भएपछि कीर्तेमा मात्र मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यलयले जनाएको छ । सरकारी वकिलले कानून जारी हुनुभन्दा पहिले ललिता निवास जग्गा अनियमितता भएको निष्कर्ष निकालेको छ ।

संगठित अपराध निवारण ऐन, १२ चैत २०७० मा मात्रै जारी भएको थियो । कानून जारी हुनुअघिको घटनामा त्यो कानून आकर्षित नहुने सरकारी वकिल कार्यालयको जिकिर रहेको छ ।

ललिता निवासको जग्गा अनियमितता प्रकरण २०६९ सालसम्म भएको छ ।

 

 

प्रकाशित मिति : १० भदौ २०८०, आइतबार  १२ : ०९ बजे

‘ग्यासको आपूर्ति नियमित छ, अभाव छैन’

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

रौतहट । सरकारले मिटर ब्याजसम्बन्धी गरेको ९ बुँदे निर्णय एकतर्फी,

२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं । उद्योग विभागले स्थिर पुँजी रु २५ करोडभन्दा कम

नेपाल-चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा, राजदूत चाङले जारी गरे सन्देश

काठमाडौँ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७१ वर्ष

धनुषा र सिरहाको लहानमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको कर्फ्युः आदेश