५ माघ २०८२, सोमबार | January 20, 2026

राष्ट्रिय शिक्षा दिवसलाई उपलब्धिमुलक र परिणामुखी बनाउन सरकारको आह्वान



काठमाडौं । सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस उत्साह र उपलब्धिमूलक रूपमा मनाउने भएको छ ।

आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको राष्ट्रिय शिक्षा दिवस आयोजक समारोह समितिको बैठकमा असोज २ गतेलाई सरकारले उपलब्धिमूलक र उत्साहजनक रूपमा शिक्षा दिवस मनाउने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले बताए ।

उनले असोज २ लाई विशेष उत्साहका साथ मनाउने अठोट गरे । उनले आफ्नो आफ्नो ठाउँबाट असोज २ को कार्यक्रमलाई भव्यताका साथ उपलब्धिमूलक रूपमा मनाउन आह्वान गरे । उनले शिक्षा दिवस उपलब्धिमूलक र परिणाममुखी बनाउन सरकारले काम गरिरहेको पनि बताए ।

‘असोज २ लाई विशेष उत्साहका साथ मनाउनका निम्ति प्रयत्न गर्नेछौँ भन्ने अठोट पनि यो आयोजक समारोह समितिले गर्नुपरेको छ । यहाँहरू सबैले आफ्नो आफ्नो ठाउँबाट असोज २ को कार्यक्रमलाई भव्यताका साथ उपलब्धिमूलक, भव्यताको पाटो मात्रै होइन कि उपलब्धिमूलक, परिणाममुखी, यसले केही न केही सन्देश नेपाली जनतालाई दिओस् । केही उपलब्धि पनि र नेपाली शिक्षालाई गहिराउने, यसलाई विस्तारित गर्ने सन्दर्भमा भन्ने हिसाबबाट यहाँहरू सबैको सहयोग हुने नै छ । हामी विभिन्न निकाय, सङ्घसंस्था, प्रदेश सरकार, स्थानीय निकायसमेतलाई अनुरोध गरेर हाम्रो जुन उचाइको उत्साह छ, त्यो उत्साह त्यहाँ पनि कम्युनिकेट गर्नुपर्नेछ ।’, मन्त्री राईले भने ।

मन्त्री राईले नेपाली शिक्षालाई विस्तारित बनाउन राष्ट्रिय शिक्षा दिवसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १० भदौ २०८०, आइतबार  १ : ४८ बजे

नेपाली कांग्रेसले टुंग्यायो १४० निर्वाचन क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल

बाँके ३ मा दलबहादुरको टिकट खोसियो, अव एमाले उम्मेदवार सुमन मल्ल

खजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच