११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म परिवर्तन सम्भव छैन : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादनमा क्रान्ति नभएसम्म मुलुकको परिवर्तन सम्भव नरहेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हरियाली प्राकृतिक कृषि अभियानले आयोजना गरेको केन्द्रीय कार्यशाला गोष्ठीको उद्घाटनमा प्रधानमन्त्री दाहालले कृषि उत्पादनमा देखिने गरी परिवर्तन गर्नुपर्ने बताए । कार्यशाला गोष्ठीमा ३४ जिल्लाबाट प्रतिनिधित्व रहेको आयोजकले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले भने, “हरित अभियानको अर्थपूर्ण र दीघर्कालीन रणनीतिक महत्व छ । उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म देशमा परिवर्तन सम्भव छैन । माओवादी केन्द्रको पछिल्लो केन्द्रीय समिति बैठकले कृषि क्षेत्रमा क्रान्ति ल्याउने अभियानका रुपमा यो अभियानलाई सुरु गरिएको हो ।”

सो अवसरमा हरियाली प्राकृतिक कृषि अभियान चलाउन अभियान सफल बनाउन लाग्ने सबैलाई प्रधानमन्त्री प्रचण्डले धन्यवाद दिए । उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म परिवर्तन असम्भव रहेको उल्लेख गर्दै उनले आफ्नो भारत भ्रमणमा जाँदा यस विषयमा सहकार्य गर्नेबारे छलफल भएको समेत जानकारी दिए ।

प्राकृतिक कृषिका बारेमा छलफल गर्न भारतले गरेको हरित कृषि र तथा त्यस्ता अध्ययनका लागि नेपालमा कृषिमा काम गरेका कृषकलाई भ्रमणमा पठाउने र अनुभव साटासाट गर्ने गरी सरकार लागेको बताए।

सो अवसरमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले हरित कृषि अभियानलाई देशव्यापी रुपमा लैजान पार्टीले विशेष पहलकदमी लिने बताए । कार्यक्रममा माओवादी केन्द्रका नेता दीनानाथ शर्मा, डिलाराम आचार्य, झक्कुप्रसाद सुवेदीलगायतले अभियानको आवश्यकता र महत्वका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : १० भदौ २०८०, आइतबार  ४ : ३४ बजे

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई

रौतहटमा बाघ गणना जारी

रौतहट । बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको

सिद्धबाबा सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले पहिलो खेलमा भुटानसँग खेल्दै

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने

हुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत जारी : विद्युत् प्राधिकरण

काठमाडौं । हुरीका कारण देशका विभिन्न स्थानमा रुख ढल्दा अस्थायी