१६ श्रावण २०८३, शनिबार | August 1, 2026

सन्दीप लामिछानेविरुद्धको मुद्दाको अर्को पेसी २१ गते, भोलि पाकिस्तान जाँदै



काठमाडौं । नाबालिग बलात्कार मुद्दा खेपिरहेका सन्दीप लामिछानेविरुद्धको मुद्दाको अर्को पेसी भदौ २१ गते तोकिएको छ । आइतबार अन्तिम सुनुवाइका लागि न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा पाँचौं नम्बरमा पेसी तोकिए पनि हेर्न नभ्याइने हुँदै स्थगित भएको थियो ।

सुनुवाइ स्थगित भएसँगै एसिया कपका लागि उनको पाकिस्तान यात्रा तय भएको छ। उनी भोलि (सोमबार) नै पाकिस्तान जाने बताइएको छ ।

उनको अर्को पेसी भदौ २१ गते तोकिएको छ । १३ गतेदेखि हुने एसिया कपमा लामिछाने नेपाली टोलीमा छन् । नेपाली टोली यसअघि नै पाकिस्तान गइसकेको भए पनि सन्दीप मुद्दाका कारण यतै रोकिएका थिए ।

सन्दीपका कानुन व्यवसायी मुरारी सापकोटाले सन्दीपविरुद्धको मुद्दाको पेसी २१ गते तोकिएको जानकारी दिए । योसँगै सन्दीपले पाकिस्तान जाने तयारी गरिरहेको उनले बताए ।

नेपालको पहिलो खेल पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा पाकिस्तानसँग पहिलो खेल रहेको छ । यस्तै दोस्रो खेल भने भारतविरुद्ध १८ गते रहेको छ । अर्को पेसीअघि उनले यी दुवै खेल खेल्न पाउनेछन् ।

यदि नेपाल समूह चरण पार गर्दै शीर्ष चारमा उक्लिएको खण्डमा भने सन्दीप फेरि नेपाल आएर पाकिस्तान फर्किनुपर्नेछ ।

प्रकाशित मिति : १० भदौ २०८०, आइतबार  ४ : ५७ बजे

‘ग्यासको आपूर्ति नियमित छ, अभाव छैन’

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

रौतहट । सरकारले मिटर ब्याजसम्बन्धी गरेको ९ बुँदे निर्णय एकतर्फी,

२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं । उद्योग विभागले स्थिर पुँजी रु २५ करोडभन्दा कम

नेपाल-चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा, राजदूत चाङले जारी गरे सन्देश

काठमाडौँ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७१ वर्ष

धनुषा र सिरहाको लहानमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको कर्फ्युः आदेश