२ श्रावण २०८३, शनिबार | July 18, 2026

जनताको तागतबाट एक थोपा रगत नबगाई हिन्दुराष्ट्र स्थापना हुन्छ – राजेन्द्र लिङ्देन



दुबई । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रोजगारीका लागि लाखौं युवा विदेशिनुमा गलत नीति र राजनीतिक नेतृत्व जिम्मेवार रहेको बताएका छन् । राप्रपा निकट प्रवासी नेपाली एकता समाज(पानस) ले युएईको दुबईमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले गलत नेतृत्व र व्यवस्थाको कारणले देश नबनेको बताएका हुन् ।

गलत व्यवस्था र नेतृत्वका कारणबाट स्वदेशमा रोजगारीको अवसर सिर्जना हुन नसकेको, भएका उद्योग, कलकारखाना कुनै अलपत्र पारेको र कुनै कौडीको मूल्यमा बिक्री गर्ने नीति लिइएका कारणबाट लाखौं युवा विदेश आउनु परेको हुँदा विगतको त्रुटी र गलत मार्गचित्र सच्याउनु पर्नेमा उनको जोड छ ।

अध्यक्ष लिङ्देनले धर्मनिरपेक्षको आडमा नेपालको सनातन धर्म संस्कृतिमाथि निरन्तर प्रहार गर्ने गतिविधि बढिरहेकोमा चिन्ता व्यक्त गर्दै धर्मनिरपेक्ष खारेज गरी वैदिक सनातन हिन्दुराष्ट्र हुनुपर्ने बताए । यसका लागि राप्रपाले निरन्तर आवाज उठाइरहेका बताउँदै उनले नेपालको हिन्दुराष्ट्रको पहिचान मेटाउने र धर्मनिरपेक्ष बनाउने काम गरे बिगारेको राजनीतिबाट नै सुधार्नुपर्नेमा जोड दिए । अध्यक्ष लिङ्देनले धर्मको नाममा राजनीति राप्रपाले नगरेको र धर्मनिरिपेक्षता बनाउनेहरुले सुरु गरेका दाबी गरे ।

उनले आफू लिम्बू, किराँत धर्मावलम्बी भएर पनि हिन्दुराष्ट्र स्थापना गर्न लागेको उल्लेख गर्दै जन्म र कर्मले हिन्दु रहेकाहरुले हिन्दुराष्ट्र पुनःस्थापनाको अभियानमा साथ दिन आग्रह गरे । हालै धरानमा कानुनले निषेध गरेको र नेपाली जनसंख्याको ठूलो हिस्साले गाईलाई आमा मानेर पुज्ने गरेको परम्परा रहेकोमा गोरु काटेर भोज खाने, भिडियो बनाउने र सामाजिक सञ्जालमा प्रचार गर्ने गतिविधिप्रति चिन्ता व्यक्त गर्दै कानुनविपरीतका गतिविधि भइरहँदा सरकार मुकदर्शक बन्नु आश्चर्यको विषय भएको उल्लेख गरे ।

उनले देशमा जुन स्थिति सृजना भएको छ, यसमा धर्म निरपेक्ष बनाउनेहरु जिम्मेवार रहेको बताउँदै नेपाली जनताको तागतबाट एक थोपा रगत नबगाई हिन्दु राष्ट्र स्थापना गर्न सकिने दाबी गरे ।

पार्टी सम्बद्व प्रवासी नेपाली एकता समाज साउदी अरब र युएईको निमन्त्रणामा साताव्यापी भ्रमणका क्रममा दुबईमा रहेका अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा प्रवासी नेपाली एकता समाज युएईको दोश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट निराजन खत्रीको अध्यक्षतामा ५१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको भ्रमणमा रहेका प्रवास विभाग प्रमुख आनन्द अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : ११ भदौ २०८०, सोमबार  १२ : ४२ बजे

मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठक : २३ जिल्लामा रातिमा सवारी आवागमन रोक लगाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अतिभारी

मुग्लिन-नारायणगढ सडकमा सवारीसाधन संचालनमा रोक

काठमाडौँ । शनिबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

‘क्यामेरा, बुम, परिचयपत्र’ बोकेपछि जहाँसुकै स्वतः पहुँच पुग्छ भन्नु गलत मानसिकता’

नेपालगन्ज । पत्रकारिताको नाममा भइरहेका केही गैरजिम्मेवार र आचार संहिता

प्रचण्ड र श्रीलंकाको सत्तारुढ जेभीपीका महासचिव सिल्भाबीच भेटवार्ता

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल