२३ माघ २०८२, शुक्रबार | February 6, 2026

प्रचण्डको सुशासनको संकेतबाट केही तत्व त्रसित भएका छन् : नेकपा महासचिव विप्लव



बुटवल । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव ‘ले समाजवादी मोर्चा नौलो प्रकारको जमघट भएको बताएका छन् । मोर्चामा संघर्षमा रहेको शक्ति र सत्तामा रहेको शक्ति एकै स्थानमा रहेको बिषयमा जनतामा अन्यौलता रहेको उल्लेख गर्दै यो मोर्चा नै नेपालको नौलो प्रयोग रहेको र क्रान्तिको नयाँ रूप भएको बताए ।

संसारबाट कम्युनिस्ट आन्दोलनलाई समाप्त गर्ने षडयन्त्रलाई चिर्न वस्तुगत आवश्यकतालाई महसुस गर्दै मोर्चा गठन भएको उनले बताए । बरबादी र निरासाले नयाँ उभार आउने बताउँदै उनले निरास नबन्न युवाहरूलाई आग्रह गरे ।

‘मोर्चा बनाउन प्रचण्डले ठूलो रिस्क मोल्नु भएको छ,’ उनले भने, ‘मोर्चामा रहेका शक्ति नै नेपालको परिवर्तनका बाहक हुन् ।’

अन्तरास्ट्रिय चलखेलले सत्ता अहिले पनि दलाल पुँजिपतीले कब्जा गरिरहेको उनले बताए । नेताहरूलाई असफल देखाउन अहिलेपनि दलाल नोकरशाही शक्ति सक्रिय रहेको विप्लवको आरोप छ । दलाल तत्वहरूले माओवादीलाई हत्याराकारूपमा चित्रण गरेको बताउँदै तीनै तत्वले नेपाललाई स्वाधिन बन्न नसक्ने योजना बनाउने गरेको उनले बताए ।

विभिन्न बिकासे योजनाका बहानामा देशलाई पराधिन बनाउने षड्यन्त्र भईरहेको उनले बताए । प्रचण्डलाई सरकारबाट दलाल पुँजिवादीहरुको षडयन्त्र चिर्न आह्वान गर्दै उनले आफुहरूले सडकबाट षडयन्त्र विरूद्ध लड्ने प्रतिवद्धता ब्यक्त गरे ।

एमसीसीको बजेट नेपाल जस्तै देशका जनताको खुन पसिनाबाट जम्मा भएको भन्दै उनले नेपालले पठाएको १२ बुँदे सुझाव कार्यान्वयन नगरिए त्यस विरूद्ध आन्दोलन गर्ने चेतावनी दिए । साम्राज्यवादीहरू आफै नेपाललाई गरिव बनाउने र आफै गरिव भनेर हेप्ने गरेको उनले बताए ।

प्रचण्डको सुशासनको संकेतबाट केही तत्व त्रसित भएको बताउँदै प्रचण्डले जस्तै अरूले सुशासन देखाएको भए स्टाचु बनाउने कुरा हुने उनले बताए ।

 

 

प्रकाशित मिति : १२ भदौ २०८०, मंगलबार  ५ : १५ बजे

भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत रोगको पहिचान गर्न

बैतडी बस दुर्घटना : गगन थापाद्वारा दुःख व्यक्त, घाइतेको उपचारका लागि सरकारसँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौडी नगरपालिकामा

४२ सय रुपैयाँले घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

गण्डकीमा सात हजार प्रहरी परिचालन हुने

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा

सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना