३० बैशाख २०८१, आइतबार | May 12, 2024

बि.बी. पौड्यालको नयाँ तीज भाका ‘मायाको नजरमा…’



बुटवल । कालकार बि.बि. पौड्यालले हरितालिका तीज २०८० लाई लक्षित गरी नयाँ भाका बजारमा ल्याएका छन् । आफ्नै शब्द तथा स्वर रहेको नयाँ भाका ‘मायाको नजरमा’ बोलको गीतलाई एक कार्यक्रमका बीच बुटवलमा सार्वजनिक गरिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशको कार्यसमिति सदस्य समेत रहेका उनले महिलाहरुलाई नाच्न तथा सुन्न मिल्ने दुबैका लागि उपयुक्त हुने गरी नयाँ भाका ल्याएको उल्लेख गरे ।

गायीका सुनिता बुढाले स्वरमा साथ दिएको उक्त गीतका लागि युवराज आचार्यको लय रहको छ भने गीतको म्युजिक भिडियो छायाङ्कन, निर्देशन तथा सम्पादन मनिष पन्थले गरेका छन् । युवराज आचार्यको यूटुव च्यानमा सार्वजनिक गरिएको म्युजिक भिडियोमा कलाकार लोकेन्द्र शाहले नृत्य निर्देशन गरेका हुन् । विभिन्न कलाकारसहित चिजा गुरुङले अभिनयसँगै म्युजिक भिडियोमा डेब्यू गरेकी छन् ।

गत वर्ष ‘विहेको निम्ता दिएको’ बोलको पञ्चे बाजा बजारमा ल्याएका गायक पौड्यालले त्यसअघि ‘गैरी कुना खेत’ बोलको गीत समेत बाजारमा ल्याइसकेका छन् । यो वर्षको तीज लक्षित नयाँ गीतका म्युजिक भिडियोहरु बुटवल आसपासका रहेका छन् भने स्थानीय र नयाँ कलाकारलाई समेत अवसर प्रदान गरिएको हुँदा दर्शक श्रोताको राम्रो साथ पाउने अपेक्षा गायक बि.बि. पौड्यालले गरेका छन् ।

बुटवलमा एक औपारिक कार्यक्रम गरी सार्वजनिक गरिएको गीतमा टिप्पणी गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीका पूर्व अध्यक्ष विमलराज भट्टराईले नयाँ पुस्ता र यथार्थतालाई पस्किनेगरी गीत आएको हुँदा दर्शक श्रोताले राम्रै साथ दिने विश्वास व्यक्त गरे ।

सफलताको शुभकामना व्यक्त गर्दै उनले हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजमा धेरै दर्शक र श्रोतालाई गीतले नचाउन सक्ने बताए ।

भिडियो सहित

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ५ : ५५ बजे

बालविवाह निरुत्साहित गर्न प्रतिबद्धता आवश्यक : मुख्यमन्त्री महरा

दाङ । बालविवाह निरुत्साहित गर्न विद्यालयले विद्यार्थी र अभिभावकलाई परामर्श

स्थायी कमिटी बैठकबाट चार प्रतिवेदन परिमार्जनसहित अनुमोदन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आज सम्पन्न

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटबाट मनोमानी

वल्डलिङ्कको रिट खारेज, राज्य कोषको अर्बौँ रकम सुरक्षित

काठमाडौं । सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ

प्रभु बैंकका ग्राहकले चिरायु नेशनल हस्पिटलमा पाउने भए विशेष छुट

काठमाडौ । चिरायु नेशनल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट