८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

देशको अर्थतन्त्र जटिल अवस्थामा : अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको अर्थतन्त्र अत्यन्तै जटिल मोडमा पुगेको बताएका छ्न ।

बाह्रखरी मिडियाले आयोजना गरेको निजी क्षेत्रको आवाज विषयक कार्यक्रममा ढकालले भने, “कोभिड १९ को कारण होस् या हाम्रा आफ्ना नीतिगत व्यवस्थाका कारण अथवा विश्वव्यापी आर्थिकमन्दीकै कारण किन नहोस् हाम्रो देशको अर्थतन्त्र झनभन्दा झन जटिल अवस्थातर्फ धकेलिँदैछ ।”

उनले विगतमा निजी क्षेत्रका तर्फबाट यस्तो अवस्थाको अनुमान गरी नेपाल सरकालाई गम्भीर हुन र नीतिगत व्यवस्थामा आवश्यक सुधार गर्न आग्रह गरिँदा व्यापारीले आफ्ना लागि मात्र कुरा उठाए भन्नेजस्ता धारणा राख्ने गरेका र यसबाट परिस्थिति बिग्रिँदै गएको बताए ।

सो कार्यक्रममा मुलुकको निजी क्षेत्रको नेतृत्वका रुपमा सम्बोधन गर्दै अध्यक्ष ढकालले भने “विगतमा पनि कहिले नेपाल श्रीलङ्का हुने भयो भन्ने त्रास देखाउने र अनावश्यक नीति अख्तियार गर्ने तथा कहिले निर्यात प्रतिबन्धजस्ता कुरामा हामीले सरकारलाई सुझाउँदा व्यापारीले आफ्ना मात्र कुरा गरे भन्ने आरोप लाग्ने गरेकाले यस्तो अवस्था आएको हो ।”

पहिलेदेखि र अहिले पनि मुलुकको निजी क्षेत्रले कहिल्यै पनि आफ्ना मात्र कुरा राख्ने नगरेको र यो नीतिगत सुधारदेखि लिएर सबै कुरा आफूहरुले समग्र मुलुककै अर्थतन्त्रको सुधारका लागि राख्ने गरेको उनले स्पष्ट गरे ।

उनले भने, “सरकारले लिएका कतिपय नीतिले अहिले सरकारले नै तलब खुवाउन नसक्ने अवस्था सिर्जना भयो । समस्या समाधानका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्छ । नेपाल सरकार, राष्ट्र बैंक, अरु नियामक निकाय सबै एकै ठाउँमा आउनुको विकल्प छैन ।”

उनले निजी क्षेत्रले कहिले पनि खुट्टा नकमाएको स्पष्ट पार्दै निजी क्षेत्रको हितका लागि कहिले पनि पछि नपर्ने दृढता व्यक्त गरे । उनले पछिल्ला दिनमा व्यवसायीलाई परेका अप्ठेराप्रति निजी क्षेत्रकै तीनवटै निकाय एकै ठाउँमा उभिएर आवाज उठाएको पनि बताए।

“अहिलेको समस्यामा व्यापारीलाई मात्रै दोष दिएर हुँदैन”, उनले भने, “अहिले समस्या सबैको साझा हो सबै मिलेर अघि बढ्न सके त्यति गाह्रो पनि छ जस्तो मलाई लाग्दैन ।”

अहिले पनि देशमा माग, आपूर्तिजस्ता क्षेत्रमा देखिएको ‘ग्याप’ को विश्लेषण गर्नुका साथै वैदेशिक लगानीलाई बढीभन्दा बढी मात्रामा व्यावहारिक रुपमै आकर्षित गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने उनको सुझाव थियो ।

अध्यक्ष ढकालले भने, “अझै पनि केही बिग्रिएको छैन हाम्रोजस्तो सानो अर्थतन्त्रको सुधारका लागि सबैको सामूहिक प्रयासबाट सम्भव छ । रेमिटेन्स बढेको छ, पर्यटक बढ्दै छन्, तरलता समस्या समाधानमा छ । त्यसैले सबैको सामूहिक प्रयास आवश्यक छ र गर्नुपर्छ भन्ने भावना आवश्यक छ ।”

उनले मुलुकको अर्थतन्त्रको अवस्थाप्रति चिन्ता व्यक्त गर्दा यो सबै निजी क्षेत्रको मात्र समस्या हो भन्ने गलत सोचलाई सबैले त्याग्नुपर्ने भन्दै नेपाल राष्ट्र बैंक तथा सबै नियामक निकायले पनि परम्परागत तौरतरिकाबाट भन्दा पनि समयले खोजेको र हाल आवश्यक रहेको आर्थिक नीतिमा ध्यान दिनुपर्ने बताए।

प्रकाशित मिति : १३ भदौ २०८०, बुधबार  ८ : २८ बजे

प्रधानमन्त्री शाहले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम । मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ

सांसद बब्लु गुप्ताले बाइकमा उभिएर भिडियो बनाउँदै गरेको तस्बिर बन्यो भाइरल

काठमाडौं । सरकारले ट्राफिक नियम कार्यान्वयनलाई कडाइका साथ अघि बढाइरहेका

नेपाली बजारमा बेलायतको नथिङ ब्राण्डको नया स्मार्टफोन

बुटवल । बेलायतस्थित उपभोक्ता प्रविधि ब्रान्ड नथिङको नयाँ स्मार्टफोन ‘नथिङ

२६ दिनपछि सोनम वाङचुकले तोडे आमरण अनशन

काठमाडौं । भारतमा परीक्षाका प्रश्नपत्र चुहावटविरुद्ध आन्दोलनरत भारतीय अभियन्ता सोनम