४ पुस २०८२, शुक्रबार | December 20, 2025

आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालको विजयी सुरुवात



काठमाडौं । मलेसियामा भएको आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले विजयी सुरुवात गरेको छ। घरेलु टोली मलेसियालाई पाँच रनले पराजित गर्दै नेपालको सेमिफाइनलको सम्भावना मजबुत बनेको छ ।

नेपालले दिएको ८५ रनको मध्यम लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७९ रन मात्र बनायो ।

मलेसियाको लागि कप्तान विनीफ्रेड दुराई सिंघमले ३९ बलमा १ चौकासहित सर्वाधिक २८ रन बनाइन् । ओपनर ऐना आमिजाह १४, वान जुलिया वान रोशी २ र मास एलिसा १० रनमा आउट भइन् ।

बलिङतर्फ नेपालका लागि कविता कुवँर र कविता जोशीले समान दुई/दुई विकेट लिए। कप्तान रुविना क्षेत्री र अस्मिना कर्मचार्यले एक/एक विकेट लिए ।

त्यसअघि बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८४ रन बनाएको थियो । नेपाली सीता रानामगरले ५४ बलमा १ चौकासहित सर्वाधिक ३८ रनमा रहिन् ।

मलेसियाकी ऐना हामिजा ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर दुई विकेट लिइन् ।

प्रकाशित मिति : १४ भदौ २०८०, बिहिबार  २ : १६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको