१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

‘तरल नाइट्रोजन प्लान्ट’ निर्माण गर्दै कर्णाली सरकार



कर्णाली । कर्णाली प्रदेश सरकारले तरल नाइट्रोजन प्लान्ट निर्माण गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आव २०८०र ८१ को स्वीकृत कार्यक्रमअन्तरगत प्लान्ट निर्माण प्रक्रिया अगाडि बढेको हो

यसका लागि प्रदेश सरकारले रु दुई करोड ५० लाख बजेट विनियोजन गरेको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले राससलाई जानकारी दिए । “प्लान्ट निर्माणका लागि हामीले बुधबार सुदूरपश्चिम प्रदेश सरकारले गेटा कैलालीमा स्थापना गरेको तरल नाइट्रोजन प्लान्ट अध्ययन अवलोकन गरेका छौँ,” उनले भने, “अब हामी भारतमा गएर पनि त्यसको अध्ययन गर्छौ र त्यसलगत्तै कर्णालीमा प्लान्ट स्थापना तथा सञ्चालनको कार्यलाई तदरुकता दिन्छौंँ ।”

सहकारीमन्त्री शर्मासहित कृषि मन्त्रालयबाट गएको टोलीले सुदूरपश्चिम प्रदेश सरकारका कृषिमन्त्री कैलाश चौधरीसँग तरल नाइट्रोजन प्लान्ट स्थापनाका बारेमा समन्वय सहकार्यका लागि सिकाइ तथा व्यवहारिक अभ्यासबारे छलफल गरेको थियो । रासस

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार  २ : २२ बजे

कांग्रेसले नीति तथा कार्यक्रम अवरोध नगर्ने

काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने सरकारको नीति

पोखरीमा पानी सङ्कलन गरेर सागसब्जी फलाउँदै कैलालीका किसान

टीकापुर । कैलालीको चुरे गाउँपालिका–५ लिसवेली गाउँका किसान नजिकको मुहानबाट

सन्दीपको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च

कैलालीमा एम्बुलेन्स दुर्घटना, भारतबाट उपचार गरेर फकिँदै गरेकी युवतीको निधन

धनगढी । कैलालीमा एम्बुलेन्स दुर्घटनामा परी एक युवतीको निधन भएको

संसद्को संयुक्त बैठक आज, सभामुख परामर्शमा व्यस्त

काठमाडौं । आज राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्का दुवै सदनको