२८ भदौ २०८३, आइतबार | September 13, 2026

नेपालद्वारा बहराइन १० विकेटले पराजित



काठमाडौं । नेपालले बहराइनलाई १० विकेटले पराजित गरेको छ।

आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत मलेसियामा जारी खेलमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको समान्य विजयी लक्ष्यलाई नेपालले विना विकेट क्षति पुरा गरेको हो । नेपालले २.५ ओभरमै लक्ष्य पुरा गरेको हो । नेपालका लागि ओपनर कविता कुँवरले अविजित १७ र सीता रानामगरले अविजित दुई रनको योगदान दिएका छन् ।

मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइन १५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ३१ रनमा समेटियो । बहराइनका लागि कप्तान दीपिका रसङगिकाले सर्वाधिक ११ रनको योगदान दिइन । त्यसबाहेक बहराइनका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बहराइलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले तीन विकेट लिइन भने खुसी डङ्गोलले दुई विकेट लिइन । त्यस्तै कविता कुँवर, पुजा महतो र रुविना क्षेत्रीले समान एक÷एक विकेट लिए ।

प्रकाशित मिति : १५ भदौ २०८०, शुक्रबार  १ : २५ बजे

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले