१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

खजुरा १ नम्बरमा तीज महोत्सव हुँदै, एकल तथा सामुहिक नृत्य प्रतियोगिता गरिने



खजुरा । बाँकेको खजुरा १ नम्बरमा तीज महोत्सव हुने भएको छ । आदर्श युवा सञ्जालको आयोजनामा प्रथम पटक हुने खजुरा तीज महोत्सव तथा सांस्कृतिक कार्यक्रमको आज सचिवालय स्थापना गरिएको छ ।

खजुरा एक नम्बर बजारमा तीजको दिनमा आयोजना गरिने महोत्सव सचिवालयको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले आज एक कार्यक्रमकाबीच उद्घाटन गरे । आदर्श युवा सञ्जालको मुख्य आयोजना र अन्य स्थानिय क्लवहरु न्यु डाँफे स्पोर्टस क्लव, बागमती स्पोर्टस क्लव, हिमालय सामुदायिक क्लव, न्यु दर्पण युवा क्लवको सह आयोजनामा हुन गैरहेको तिज महोत्सवलाई पालिकाको महत्वपुर्ण सहयोग रहने सचिवालय पछि उद्घाटन समारोहमा बोल्दै अध्यक्ष विकले बताए ।

तीज महोत्सव तथा सांस्कृतिक कार्यक्रममा सामुहिक र एकल तीज नृत्य प्रतियोगिता मुख्य आर्कषणका रुपमा रहेको सञ्जालका अध्यक्ष तथा महोत्सव संचालन समितिका संयोजक कल्पना तामाङ्ले जानकारी दिइन् । सामुहिक तीज नृत्य प्रतियोगितामा प्रथम हुने टिमले ३० हजार नगद पुरस्कार पाउने छन भने दोश्रो हुने टिमले १५ हजार, तेश्रो हुने टिमले १० हजार र सान्तावना हुने टिमले नगद ५ हजार पाउने सास्कृतिक उप समितिका संयोजक खगेन्द्र दाहालले जानकारी दिए ।

एकल तीज गीत न्यृत्य प्रतियोगिताका विजयीहरुका लागि आर्कषक पुरस्कारको व्यवस्था गरिएको सञ्जालका उपाध्यक्ष तथा सांस्कृतिक उप समितिका संयोजक दाहालले बताए ।

सञ्जालले तीज महोत्सवमा रमाइलो मात्र नभएर महिला दिदिबहिनीहरुका लागी निःशुल्क स्वास्थ्य शिविर समेत संचालन गर्ने तयारी गरेको सचिव सुवास निरौलाले जानकारी दिए । तीज महोत्सवको पुर्व तयारी सचिवालयको उद्घाटन संगै तिव्र पारिएको सचिव निरौलाले उल्लेख गरे ।

सामुहिक पुरस्कारको लागी अमेरिकामा रहेका खजुरा गाउँपालिका ४ डि गाउँका समाजसेवी लिल बहादुर थापाले सहयोग हुने तय भएको आर्थिक संकलन उप समितिका संयोजक भरत जैसीले जानकारी दिए । स्वास्थ्य शिविरका लागि पनि अष्ट्रेलियामा बस्नुहुने नेपालीहरुले सहयोग पठाउन लागेको आर्थिक संयोजक जैसीले बताए ।

खजुराको एक नम्बरमा हुने तीज महोत्सवलाई ५ हजार बढि दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । उता खजुरा बजारमा पनि खजुरा क्षेत्र संरक्षण समितिले अघिल्लो वर्षहरुमा जस्तै यस वर्ष पनि तीज महोत्सव गर्ने जनाएको छ ।

प्रकाशित मिति : १५ भदौ २०८०, शुक्रबार  ७ : ०१ बजे

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश

लुम्बिनी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल सुरु

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको सातौँ बैठकमा आर्थिक वर्ष

रास्वपा सांसद खरेलको ‘तमासा’  अभिव्यक्ति हटाउन नेकपाको माग

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री

मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन धनगढीमा सुरु

सुदूरपश्चिम । ‘समन्वय, सहकार्य र कानुनको प्रभावकारी कार्यान्वयन–सबल मुख्य न्यायधिवक्ता,