५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

नेपालगन्जका सडकका पशुचौपाया कान्जीहाउस लैजान थालियो, पशुचौपाया धपाउन नगर प्रमुख विष्ट सडकमा



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले बजार क्षेत्रका छाडा पशुचौपायालाई कान्जीहाउस लैजाने क्रम सुरु गरेको छ । आजमात्र बजार क्षेत्रमा छाडारुपमा छोडिएका ७ दर्जन गाई–गोरु र घोडा–खच्चडलाई आज उपमहानगरको वडा नम्बर २१ विर्तास्थित कान्जीहाउसमा लगिएको उपमहानगरको सुरक्षा शाखाले जनाएको छ ।

बजारमा छाडा पशुचौपायाको संख्या बढ्दै जाँदा दुर्घटना हुन थालेपछि आज ५० वटा गाई–गोरु र ३२ वटा घोडा–खच्चडलाई कान्जीहाउस पुर्याइएको नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले बताए । नगरका विभिन्न भागमा छरिएर रहेको छाडा पशुचौपायालाई एकीकृत गरेर एकसाथ कान्जीहाउस पुर्याइएको उनले भताए ।

नगर प्रहरी सहित नेपाल प्रहरीको तालिम केन्द्रका तालिमे जवानहरु र ट्राफिक प्रहरीको टोलीले छाडा पशुचौपायालाई धपाउँदै कान्जीहाउस पुर्याएको थियो ।

छाडा पशुचौपाया धपाउन नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्ट पनि खटिएका थिए । पशुचौपाया धपाउँदै कान्जीहाउस पुगेर नगर प्रमुख विष्टले त्यहाँको अवस्थाबारे जानकारी समेत लिएका छन् । नगर प्रमुख विष्टले कान्जीहाउसका कर्मचारीलाई पशुचौपायाहरुको राम्रोसंग रेखदेख गर्न निर्देशन दिँदै पशुचौपायाको खानपिनमा पनि विशेष ध्यान दिन आग्रह गरे ।

नगर प्रमुख विष्टका अनुसार भोलि कान्जीहाउसमा पशु स्वास्थ्य शिविर राखेर पशुहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिइने छ ।

छाडा पशुचौपायाका दीर्घकालीन व्यवस्थापनका लागि नेपालगन्ज उपहानगरपालिकाले राप्तीसोनारी गाउँपालिकासंग समन्वय र सहकार्य गरेर काम गरिरहेको जनाएको छ ।

नेपालगन्जमा पशुधनीले नै जथाभावीरुपमा घोडा–खच्चड र गाई–गोरु सडकमा छोड्दा छाडा पशुचौपाया नियन्त्रणमा कठिनाई भइरहेको छ । कान्जीहाउस पुर्याएका आफ्ना जनावर लिन पुग्ने पशुधनीहरुले जरिवाना तिर्नुपर्ने उपमहानगरले जनाएको छ ।

दुध दिन छाडेका र जोतभोगमा प्रयोग नभएका छाडा गाईगोरुको धनीहरु पशुचौपाया लिन नआउने गरेपछि कान्जी हाउसको ब्यवस्थापनमा पनि समस्या हुने गरेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ७ : १५ बजे

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर

भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक गत्यावरोध निकासको

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत