२३ माघ २०८२, शुक्रबार | February 6, 2026

सञ्चार संस्था जोगाउने दायित्व स्थानीय सरकारको हो : अध्यक्ष पोख्रेल



चितवन । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले सञ्चार संस्था जोगाउने दायित्व स्थानीय सरकारको रहेको बताएका छन् । साप्ताहिक सञ्जाल नेपाल चितवनको प्रथम अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उनले सञ्चार संस्थाको संरक्षण र प्रवर्द्धन गर्ने दायित्व स्थानीय सरकारको भएको बताएका हुन् । अध्यक्ष पोख्रेलले भने, “सञ्चारमाध्यमले जनता र स्थानीय सरकार दुवैलाई झकझकाउने काम गर्ने भएकाले यसको संरक्षण स्थानीय सरकारले बढी गर्नुपर्छ ।”

पहुँचका आधारमा विज्ञापन दिने नीति स्थानीय सरकारबाट हट्नुपर्ने उनको भनाइ थियो । साप्ताहिक पत्रिका पाठक र सरोकारवालाको आकर्षण गर्ने भन्दै उनले यसले अझै जनताको ध्यान केन्द्रित गर्न जरुरी रहेको बताए । साप्ताहिक पत्रिकाले समाज परिवर्तनमा खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै उनले यसलाई संरक्षण गर्नु सबैको दायित्व रहेको बताए ।

साप्ताहिक सञ्जाल चितवनका अध्यक्ष टीकादत्त तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा सूचना पुनरावेदन समिति बागमती प्रदेशका अध्यक्ष हरि अधीकारी, नेपाल प्रेस युनियनका पूर्व वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारी, न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य शान्ता अधिकारी, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, भरतपुर महानगरपालिका–२९ का वडाध्यक्ष सूर्यबहादुर गुरुङ, सञ्जालका पहिलो अध्यक्ष नवराज ढकाललगायतले सञ्चार क्षेत्रलाई व्यवस्थित तुल्याउनुपर्नेमा जोड दिएका थिए ।

अधिवेशनले सूर्य बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राजेन्द्र आचार्य, सचिवमा शान्ता अधिकारी, सहसचिवमा बबिलाल तामाङ, कोषाध्यक्षमा हरि कार्की ‘लक्की’ र प्रवक्तामा नवीनबाबु मरहठ्ठा सर्वसहमत चयन भएका छन् । सदस्यमा रामेश्वर रिजाल, हरिप्रसाद उप्रेती ‘भुवन’ छन भने बाँकी दुई सदस्य कार्यसमितिको पहिलो बैठकबाट चयन गर्नेछ ।

प्रकाशित मिति : १६ भदौ २०८०, शनिबार  ९ : ४१ बजे

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

कोलम्बो । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टी-२०

‘बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्छ’

बुटवल । युग अनुसार बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत ८४ लाख ४० हजार मतपत्र छपाइ

काठमाडौं । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्थात् प्रत्यक्ष

वीरगञ्जमा झगडा हुँदा एक जनाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगर-१३ राधेमाईस्थित कर्बोला अगाडि मोटरसाइकल पार्किङको विषयमा

राष्ट्रियसभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन)