१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

नेसनल इस्योरेन्स डिस्कोर्सको तयारी पूरा, पूर्वसन्ध्यामा गरियो अन्तरक्रिया



काठमाडौँ । ‘द नेसनल इस्योरेन्स डिस्कोर्स’ कार्यक्रमको तयारी पूरा भएको छ । आगामी सोमबार काठमाडौंको सोल्टी होटेलमा हुने बृहत् आर्थिक संवाद कार्यक्रम ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स–२०२३ तयारी पूरा भएको आयोजकले जनाएको छ ।

विशेषगरी ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स’मा मुख्य ४ सत्रहरुमा छलफल हुनेछ । यसमा अर्थमन्त्रीसँग डुओलग बिशेष सत्र पनि हुने बताइएको छ । डुओलग बिशेष सत्र बैंकिङ्ग समाचारका प्रकाशक राजु ढुंगेलले सञ्चालन गर्ने छन । कार्यक्रम नेपाल लाईफ इन्स्योरेन्सको प्रायोजनमा हुँदैछ । ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स–२०२३’को पूर्वसन्ध्यामा विशेष अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ । काठमाडौंको बबरमल रिभिजेटेडमा शुक्रबार डिस्कोर्सको पूर्वतयारीको लागि अन्तरक्रिया गरिएको हो ।

नेपाल बीमा प्राधिकरणका निर्देशकहरु, लाइफ इस्योरेन्स असोसिएसनका अध्यक्ष एवंम सिटिजन्स लाईफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पोषक पौडेल, सोही एसोसीएसनका उपाध्यक्ष एवंम नेपाल लाइफ इस्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली तथा नीर्जीवन बीमा एसोसिएसनका अध्यक्ष एवंम सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीलगायतका विशिष्ट व्यक्तीहरुको सहभागिता रहेको अन्तरक्रियामा आगामी सोमबार आयोजना हुने डिस्कोर्स कार्यक्रमका मुख्य चारवटा सत्रहरूका विषयमा छलफल भएको थियो ।

उक्त अन्तरक्रियामा मुख्य सत्रमा गरिने बहसका विषयहरू र यसले पार्ने प्रभावको बारेमा गहन छलफल गरिएको बैंकिङ्ग समाचारका अध्यक्ष राजु ढुंगेलले बताए । अन्तरक्रियामा उपस्थित इस्योरेन्स क्षेत्रका विज्ञ डा. फत्तबहादुर केसीले बीमा व्यवसाय शुरुवात भएको ५ दशक भन्दा लामो समय भइसकेको अवस्थामा पनि बीमा फाईदा नभई सुरक्षा हो भन्ने मुल शिक्षा जनमानसले नबुझिरहेको अवस्थामा यस्ता डिस्कोर्स कार्यक्रमहरुले आगामी दिनहरुमा बीमाको पेनिट्रेसन बढाउन सहयोग पुग्ने बताए । उनले कार्यक्रम आयोजना गर्ने आयोजक टिमलाई सफलताको सुभकामना पनि दिए ।

नेपाल बीमा प्राधिकरणका निर्देशकहरु पुजन ढुंगेल अधिकारी र शुसिल देव सुवेदीले बीमा क्षेत्रको महत्व, स्थिती र चुनौती लगायतका विषयहरुमा गरिने बृहत परिसंवादले बीमा क्षेत्रका यथार्थ र मिथकहरु सुक्ष्म रुपमा केलाउन सहयोग पुग्ने बताए ।

यस्तै लाइफ इस्योरेन्स असोसिएसनका अध्यक्ष एवंम सिटिजन्स लाईफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पोषक पौडेलले जीवन बीमा व्यवसायमा देखिएको प्रचलित अभ्यास र जीवनबीमा क्षेत्रका प्रमुख मुद्दाहरुका विषयमा यस कार्यक्रमले उजागर गर्न सहयोग पुग्ने बताए ।

नेपाल लाइफ इस्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले आफ्नो कम्पनीले यस्तो डिस्कोर्स कार्यक्रमको प्रायोजन गर्न पाउँदा खुशी व्यक्त गरे ।

यस्तै नीर्जीवन बीमा एसोसिएसनका अध्यक्ष एवंम सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले यस कार्यक्रमले बीमा क्षेत्रलाई नयाँ उचाईमा पुर्याउन मद्दत पुग्ने बताउँदै कार्यक्रमको सफलताको सुभकामना व्यक्त गरे ।

आगामी सोमबार हुने डिस्कोर्स कार्यक्रममाबीमा समावेशीतामा संघीय सरकार र स्थानीय निकायबीचको सहकार्य, निर्जीवन बीमा क्षेत्रका चुनौती र नेपाली सन्दर्भमा यसका आयामहरू, नेपालमा जीवनबीमा कम्पनीहरूको प्रभाव, नेपालमा बीमा कम्पनीहरुको डिजिटलाइजेसन गरी ४ विषयवस्तुमा मुलभुत छलफल हुने बताइएको छ ।

 

प्रकाशित मिति : १६ भदौ २०८०, शनिबार  ९ : ५७ बजे

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

महेन्द्रनगर । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई