६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

बीमाको लोभमा आफ्नै पसलमा आगो लगाउने पक्राउ



पोखरा । गत साउन १६ गते बिहान २ बजेतिर पोखरा–६ वैदामस्थित नारेश्वरमा रहेको मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी भएको सूचना प्रहरीकोमा पुग्यो ।

वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाको कमाण्डमा तत्कालै प्रहरी घटनास्थलमा तैनाथ भयो । लगत्तै सशस्त्र प्रहरी आगो नियन्त्रणका लागि पुग्यो । सुरक्षाकर्मी र स्थानीयवासीले महानगरको दमकलको सहायताले एक घण्टाभित्रमा आगो पूर्ण रुपमा निभाए । नारेश्वरस्थित डा थानेश्वर पहारीको घर भाडामा लिएर पोखरा–१७ निवासी ३६ वर्षीय सुजन गहतराले सपिङ सेन्टर चलाएका थिए ।

प्रहरीसँगको बयानमा सुजनले नयाँ इन्भर्टर जडान गरेको र सोही इन्भर्टरको वाइरिङ सर्ट भएर आगो लागेको प्रहरीलाई बयान दिए । उनले पसलको बीमा गराएको छैन भनेर प्रहरीलाई भनेका थिए । घटनाबारेमा थप सोधपुछ गर्दै जाँदा घटना शङ्कास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढायो ।

प्रहरीले इन्र्भटर सप्लाई गर्ने व्यक्ति र विद्युत् प्राधिकरणसँग बुझ्दा इन्भर्टरमा आगो लाग्दैन बरु जोड्ने क्रममा बिग्रन सक्छ भन्ने जवाफपछि प्रहरीले पसलका सञ्चालक सुजनमाथि थप अनुसन्धान गर्दा उनले बीमाको लोभमा आफ्नै पसलमा आगो लगाएको पुष्टि भएको थियो ।

पसलका सञ्चालक सुजनले साथि पोखरा–१७ निवासी ४३ वर्षीय पवन नेपालको सहयोगमा बीमा कम्पनीबाट रकम असुल्नका लागि पसलमा आगजनी गरेको पुष्टि भएपछि दुवै जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

अनुसन्धानका क्रममा हिमालयन एभरेष्ट इन्स्योरेन्स पोखरा शाखा कार्यालयमा पसल सञ्चालकले रु दुई करोड १० लाख बराबरको पसलको बीमा गरेको र सो रकम पाउनका लागि आगलागी गराएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए । उनका अनुसार दुवै जना रातको समयमा ग ३ च ६२६६ नम्बरको गाडी चढेर पसल पुगेको र सञ्चालक गहतराज गाडीमा बसेको तथा पवनले सलाई बाली एक्कासी आगो लगाएपछि दुवै जना गाडी चढेर भागेका थिए ।

प्रनाउ शर्माले भने, “पसल खासै नचलेको र सामान ठूलो मात्रामा स्टक भएपछि आगजनी गर्ने योजना देखिन्छ । पानी परेको दिन सबै सुत्छन् मानिसको चहलपहल हुँदैन त्यही बेला पसलमा आगो लगाउने सर सल्लाहअनुसार दुई जना मिलेर आगो लगाएको स्वीकार गरेका छन् ।”

प्रारम्भिक सोधपुछका क्रममा गत वर्ष पवन नेपालले सञ्चालन गरेको पश्चिमाञ्चल एकीकृत कृषि केन्द्रबाट सञ्चालित सफल पोल्ट्री फार्ममा आगलागीपछि बीमाबाट उनले रु ३१ लाख पाएका थिए । सोही कुराले सुजन प्रभावित भई आगलागीको योजना बनाएको प्रहरीले जनाएको छ ।

प्रहरीले दुवै जनालाई आपराधिक उपद्रव गर्न नहुने शीर्षकमा मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट सात दिन म्याद थप भई अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ९ : ५६ बजे

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्

यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

राँझा । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ का अमजत अली शेख विगत

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसंँ लगत्तै पर्यटकको चहलपहल बढ्न

चीन सिजाङ भूकम्प अपडेट : १६ जनाको मृत्यु, घाइते ४६ पुगे

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको नागकु शहरस्थित बाकेन काउन्टीमा