१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

नेताहरुलाई ओलीको निर्देशन – एउटा पद नपाउँदैमा केही बिग्रँदैन, सहमतिमै नेतृत्व चयन गर्नुहोस



बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको बुटवलमा जारी प्रथम अधिवेशनमा सहमतिमै नेतृत्व चयन गर्न अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

जारी बन्दसत्रमा काठमाडौं फर्किनुअघि आइतबार बिहान सम्बोधन गर्दै ओलीले एकतावद्ध भएर जान आग्रह गर्दै एउटा पद नहुँदै केही नबिग्रीने बताउँदै नेताहरुलाई पार्टी निर्माणका लागि त्याग गरेर अघि बढ्न आग्रह गरे ।

‘मेरो अन्तिम निश्कर्ष चुनावमा भरसक नजानुस । लुम्बिनीले नमुना देखाउँछ भनेर पहिल नम्बरमा राखेका हौं’, अध्यक्ष ओलीले भने, ‘एउटा पद नहुँदैमा केही बिग्रिदैन । नेतृत्वले पार्टी हित विपरित केही पनि सोच्दैन। तपाईहरु एकतावद्ध भएर जानैपर्छ । तपाईहरु पार्टीलाई के असर पर्छ भनेर सोचेर जानू पर्छ ।’

अध्यक्ष ओलीले निर्वाचन सम्पन्न गर्नका लागि सबै अधिकार पार्टी सचिव तथा लुम्बिनी ईन्चार्ज पदमा अर्याललाई भएको बताउँदै दृढतापूर्वक अघि बढ्न आग्रह गरे । अर्याललाई निर्देशन गर्दै ओलीले भने, ‘फैसला दिनु पर्यो भने दृढतापूर्वक दिनुस, मनाउनुस । प्रतिनिधिहरुलाई समेत ईन्चार्जको निर्देशन मान्नु पर्ने बताउँदै उनले चुनावमा जाने अन्तिम अधिकार भने कायम रहेको बताए ।’

अध्यक्ष ओलीले पार्टी भित्र आम रुपमा आत्मकेन्द्रित हुने प्रवृत्ति बढेको बताउँदै राष्ट्र केन्द्रित र जनता केन्द्रित हुन नेता कार्यकर्तालाई आग्रह गरे । ‘पार्टीको निर्णयमा, पार्टीको हितमा, देशको हितमा अघि बढौं । आन्दोलन सफल बनायौं भने मात्रै अवसरहरु प्राप्त हुन्छन् । हामी सफल हुन्छौं ।’, ओलीले भने ।

नेकपा एमाले अन्य पार्टी जस्तो ल्याङफ्याङ हुने छुट नभएको बताउँदै उनले इगो त्यागेर एकतावद्ध र सुदृढ हुनु पर्ने बताए ।

प्रकाशित मिति : १७ भदौ २०८०, आइतबार  ११ : ०८ बजे

२७ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट

बुटवल उद्योग वाणिज्य संघको ७३ औं स्थापना दिवस : पूर्वअध्यक्ष लाकौललाई सम्मान

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघका पूर्वअध्यक्ष निर्मलप्रसाद

चितवन-३ मा कस्तो छ चुनावी माहोल ?

चितवन । चितवन क्षेत्र नं ३ का नेपाली कांग्रेस र

बजेटलाई यथार्थपरक ‘साइज’मा ल्याउन मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना तर्जुमा

निर्वाचन स्थगित गराउने प्रयास हुँदैछन्, निर्धारित समयमै हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले