१९ पुस २०८२, शनिबार | January 3, 2026

आजको मौसम : गण्डकी र लुम्बिनीमा बिहानैदेखि वर्षा, दिउँसो यी भू–भागमा हुनेछ भारी वर्षा



काठमाडौं । केही प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको छ । विभिन्न प्रदेशमा आज मौसममा बदली र वर्षाको सम्भावना रहेको हो ।

बिहान गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रहेको छ । बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी भू-भागका थोरै भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस, वाग्मती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागको भनाइ छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी भू-भागको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

सोमबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ । साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।

प्रकाशित मिति : १८ भदौ २०८०, सोमबार  ७ : ०३ बजे

कांग्रेसलाई विभाजनबाट जोगिन एमाले नेता ज्ञवालीको आग्रह

काठमाडौं । नेपाली कांग्रेस विभाजनको संघारमा पुगेको जस्तो देखिएको संकटपूर्ण

नवलपुरमा सवारी जाँचपासमै कमिसनको खेल

नवलपुर । नवलपुरको यातायात ब्यवस्था कार्यलयमा सवारी साधन जाँचपास प्रक्रियामै

पोखरा-मुग्लिन सडक आयोजना : पश्चिम खण्डको तेस्रो पटक म्याद थप

कास्की । पृथ्वीराजमार्ग अन्तर्गत पोखरा-मुग्लिन सडक विस्तार तथा स्तरोन्नति योजना

म्याग्दीको मुनादेखि बागलुङको ढोरपाटन उपत्यकासम्म सवारी साधन पुग्यो

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका हुँदै बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन

बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ । स्वास्थ्य सुविधालाई थप सहज बनाउन बागलुङका ४९ स्वास्थ्य