६ माघ २०८२, मंगलबार | January 21, 2026

पुल्चोक–गोन्द्राङ छ लेन सडकको काम वर्षाले प्रभावित



चितवन । वर्षात्का कारण पुल्चोकबाट गोन्द्राङसम्मको पूर्वपश्चिम राजमार्गअन्तर्गत छ लेन सडक निर्माणको काम प्रभावित बनेको छ । नारायणगढको मुख्य बजार क्षेत्रमा ‘ग्राभेलिङ’ गर्नुपर्ने बेलामा पानी जमेपछि काम प्रभावित बनेको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार बजार क्षेत्रमा पानीका कारण काम प्रभावित भएको छ । उनले भने, “चार–पाँच दिन पानी रोकियो भने काम गर्न सकिन्छ ।” अहिले पानी जमेपछि ग्राभेल बिच्छ्याएर रोलिङ गर्न नमिलेको उनले जानकारी दिए ।

यससँगै भरतपुर ओरालोमा खानेपानीको पाइप सार्ने काम भइरहेकाले सडकको काम प्रभावित बनेको छ । तत्कालका लागि काम गर्न बजेट रहेकाले आर्थिक कारण काम नरोकिएको उनले बताए ।

यस आर्थिक वर्षका लागि रु पाँच करोडमात्रै बजेट विनियोजन भएको छ । थप बजेटका लागि सडक विभागमा मौखिक कुरा भइरहेको जनाउँदै उनले कात्तिक महिनामा बजेट माग गरिने बताए ।

हालसम्म सो सडकखण्डको ७० प्रतिशत काम सम्पन्न भएको छ । विसं २०७७ असोज २६ गते भएको सम्झौताअनुसार ठेकेदार पक्षले विसं २०७९ फागुन १० गते निर्माणको काम गरिसक्नुपर्ने थियो । कोरोना, निर्वाचनलगायत विभिन्न कारणले गर्दा समयमै काम सम्पन्न हुन नसकेपछि समय थप गरिएको छ । नयाँ सम्झौताअनुसार आगामी मङ्सिरको २३ गतेसम्म सडक विस्तार गरिसक्नुपर्ने हुन्छ ।

एक अर्ब २३ करोडको लागतमा पुल्चोक–गोन्द्राङ सडक छ लेनमा विस्तारको काम भइरहेको हो । सडक निर्माण कम्पनीका प्रमुख सहदेव खड्काले वर्षात् र खानेपानीका पाइपका कारण कामलाई तीव्रता दिन नसकिएको बताए । छिट्टै कामलाई तीव्रता दिने उनको भनाइ छ ।

कम्पनीसँग आवश्यक उपकरण, जनशक्ति र कच्चा पदार्थ रहेकाले पानी पर्न रोकिएसँगै कामले तीव्रता पाउने उनले बताए । भरतपुर र नारायणगढको मुख्य सहरी क्षेत्र हुँदै जाने सडक निर्माण प्रभावित भएपछि यहाँको व्यवसाय पनि प्रभावित बनेको छ । व्यवसायीहरूले यथाशीघ्र काम अघि बढाउन दबाब दिँदै आएका छन् । -रासस

प्रकाशित मिति : १९ भदौ २०८०, मंगलबार  ९ : १८ बजे

बुधबार (भोलि) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारका विरुद्ध उजुरी दिन सकिने

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्षतर्फको निर्वाचनका लागि मंगलबार उम्मेदवारी

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबैभन्दा बढी रुपन्देही र सबैभन्दा कम मुस्ताङमा उम्मेदवारी दर्ता

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

बाँकेमा ६० जनाको उम्मेदवारी दर्ता, नेकपाका १ जनासहित २ जनाको दर्ता पेण्डिङमा (सूचीसहित)

नेपालगन्ज । ३ वटा निर्वाचन क्षेत्र रहेको बाँकेका तीनवटा क्षेत्रमा

भारतले नेपाल सरकारलाई दियो ६१ वटा गाडी उपहार

काठमाडौं । निर्वाचन प्रयोजनका लागि नेपाललाई भारत सरकारले आज ६१

मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बन्यो : कावा प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका