२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

प्रथम कृष्ण जन्माअष्टमी टेवल टेनिस प्रतियोगिता सुरु



बुटवल । बुटवल टेवल टेनिस क्लबको आयोजनामा बुटवलमा कृष्णजन्माअष्टमी प्रथम जिल्ला स्तरीय तथा विद्यालय स्तरीय टेवल टेनिस प्रयोगीता सुरु भएको छ ।

देवीनगरमा मंगलबार प्रदेश खेलकुद विकास परिषद्का अध्यक्ष जय प्रकाश भट्राईले खेलको शुभारम्भ गरे ।

कार्यक्रममा बोल्दै उनले टेवल टेनिस खेल र खेलाडीहरुको समस्याको विषयमा आफु जानकार रहेको भन्दै यसको लागि प्रदेश सरकारले समस्या समाधानको लागि पहल गर्ने बताए । उनले खेलकुद को क्षेत्रमा सबै खेलको लागि प्रदेश सरकार सकारात्मक रहेको भन्दै सोही अनुसारको योजना बनाएर योजनाबद्ध विकासका लागि तयार रहेको बताएका थिए ।

जिल्ला खेलकुद विकास समिति रुपन्देहीका कार्यालय प्रमुख राजेन्द्र श्रेष्ठले खेलकुदको विकासका लागि समितिले लामो समय देखि काम गर्दै आएको बताएका थिए । टेवल टेनिस प्रशिक्षक समेत रहेका श्रेष्ठले टेवल टेनिस खेलकुदको विकासका लागि सबै तहका सरकारले विशेष योजना बनाएर लाग्नुपर्ने बताएका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेश आर्चरी संघका उपाध्यक्ष सुनिता न्यौपाने, प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य राज कुमार पाण्डे, जिल्ला टेवल टेनिस संघका उपाध्यक्ष नर बहादुर क्षेत्री, बुुटवल टेबुल टेनिस एकेडमीका सञ्चालक झरना श्रेष्ठ लगायतले बोलेका थिए ।

कार्यक्रममा बुटवल टेबुल टेनिस क्लवका अध्यक्ष धिरेन तुलाधरले खेलकुदका विकास लागि तिन वटा तहले विशेष पहल गर्न आवश्यक रहेको बताएका थिए । उनले अहिले सम्म रुपन्देहीका टेबुल टेनिसको लागि कोर्ट समेत नभएको भन्दै कोर्ट निर्माणको लागि पहल गर्नुपर्नेमा जोड दिएका थिए । क्लवका सचिव नविन शाक्यका अनुसार दुई दिन सम्म चल्ने प्रतियोगीतामा ३ सय भन्दा बढि खेलाडीहरुको सहभागीता रहेको छ ।

प्रतियोगीतामा उत्कृष्ठ खुल्ला तर्फका खेलाडीले क्रसस ५ हजार, ३ हजार, २ हजार नगद पुरस्कार पाउने छन् । यस्तै विद्यालय स्तरका खेलाडीहरुलाई ट्रफी, मायाको चिनो , मेडल, गिफ्ट ह्याम्परको समेत व्यवस्था गरिएको छ । ११ वटा विधामा प्रतिष्पर्धा हुने छ ।

प्रकाशित मिति : १९ भदौ २०८०, मंगलबार  ६ : ३७ बजे

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

काठमाडौँ । नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’

दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप

काठमाडौं । पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप