१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

कलश स्टक मार्केट मार्फत हुने कारोवारको रकम ईसेवावाटै भुक्तानी गर्न सकिने



काठमाडौ । कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं ७४) र ईसेवा विच सेयर कारोवार भुक्तानी ईसेवा वाटै गर्न सकिने गरी सम्झौता भएको छ ।
यस अनलाईन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा कलश स्टक मार्केट प्रा.लि.का कार्यकारी अध्यक्ष शालिकराम अधिकारी र ईसेवाका प्रवन्धक हेम घिमिरेलेले हस्ताक्षर गरी सो सेवा प्रारम्भ भएको घोषणा गरेका हुन् ।

आफ्ना ग्राहकलाई प्रविधिमा आधारित नविनतम सेवा सुविधा दिन प्रतिवद्ध कलश स्टक मार्केट र नेपालकै पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ईसेवा विच भएको यस सम्झौताले शेयर लगानीकर्ताहरुलाई कलश स्टक मार्केटबाट गरेको सेयर कारोवारको सेटलमेन्ट गर्न थप सहज हुने भएको छ ।

बैंक तथा वित्तिय क्षेत्र तथा समाजका विभिन्न पेशा ब्यवसायमा सफलता हासिल गरेका लब्ध प्रतिष्ठित एवं अनुभवी व्यक्तिहरुको अगुवाईमा स्थापना भै नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दलाल सेवा प्रदान गर्न अनुमति प्राप्त गरी हालैमात्र बुद्घनगर, काठमाण्डौ स्थित मुख्य कार्यालयबाट सेवा शुभारम्भ गरेको कलश स्टक मार्केटले आफ्ना ग्राहकहरुलाई विभिन्न अत्याधुनिक सुविधाका साथ ग्राहक मैत्री सेवा दिने प्रतिवद्धता जनाएको छ ।

यसका साथै विश्वसनीय अनलाईन सेवाका लागि ख्याती आर्जन गर्न सफल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् ।

प्रकाशित मिति : १९ भदौ २०८०, मंगलबार  ८ : ५० बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’