१७ माघ २०८२, शनिबार | February 1, 2026

कलश स्टक मार्केट मार्फत हुने कारोवारको रकम ईसेवावाटै भुक्तानी गर्न सकिने



काठमाडौ । कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं ७४) र ईसेवा विच सेयर कारोवार भुक्तानी ईसेवा वाटै गर्न सकिने गरी सम्झौता भएको छ ।
यस अनलाईन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा कलश स्टक मार्केट प्रा.लि.का कार्यकारी अध्यक्ष शालिकराम अधिकारी र ईसेवाका प्रवन्धक हेम घिमिरेलेले हस्ताक्षर गरी सो सेवा प्रारम्भ भएको घोषणा गरेका हुन् ।

आफ्ना ग्राहकलाई प्रविधिमा आधारित नविनतम सेवा सुविधा दिन प्रतिवद्ध कलश स्टक मार्केट र नेपालकै पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ईसेवा विच भएको यस सम्झौताले शेयर लगानीकर्ताहरुलाई कलश स्टक मार्केटबाट गरेको सेयर कारोवारको सेटलमेन्ट गर्न थप सहज हुने भएको छ ।

बैंक तथा वित्तिय क्षेत्र तथा समाजका विभिन्न पेशा ब्यवसायमा सफलता हासिल गरेका लब्ध प्रतिष्ठित एवं अनुभवी व्यक्तिहरुको अगुवाईमा स्थापना भै नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दलाल सेवा प्रदान गर्न अनुमति प्राप्त गरी हालैमात्र बुद्घनगर, काठमाण्डौ स्थित मुख्य कार्यालयबाट सेवा शुभारम्भ गरेको कलश स्टक मार्केटले आफ्ना ग्राहकहरुलाई विभिन्न अत्याधुनिक सुविधाका साथ ग्राहक मैत्री सेवा दिने प्रतिवद्धता जनाएको छ ।

यसका साथै विश्वसनीय अनलाईन सेवाका लागि ख्याती आर्जन गर्न सफल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् ।

प्रकाशित मिति : १९ भदौ २०८०, मंगलबार  ८ : ५० बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले