१० जेष्ठ २०८३, आइतबार | May 25, 2026

खजुरामा १८ औं तीज महोत्सव आयोजना हुँदै, मौलिक पहिरनमा आउने महिला दर्शकलाई पनि पुरस्कार



खजुरा । बाँकेको खजुरामा १८ औ तीज महोत्सव हुने भएको छ । खजुरा क्षेत्र संरक्षण समितिको आयोजनामा खजुरामा १८ औ सृङ्खलाकारुपमा तीज महोत्सव हुने भएको हो ।

क्षेत्र संरक्षण समितिले आज पत्रकार सम्मेलन गरेर तीज महोत्सवको तयारी तिब्र पारिएको जनाएको छ । २२ वर्ष पहिले खजुरा क्षेत्र संरक्षण समितिले थालेको तीज महोत्सवको निरन्तरताकारुपमा यसवर्ष महोत्सव आयोजना गरिएको समितिका अध्यक्ष प्रेम बुढाथोकीले बताए । उनले तीज महोत्सव खजुराको एउटा गहना बनिसकेको उल्लेख गर्दै बाँके र बर्दियाका अवलोकन कर्ता तथा ब्रतालु दिदीबहिनीहरुको खजुरामा पुजा गर्न आउने र तीजि गीतमा रमाउने परम्परा जस्तै बनेको बताए ।

मौलिक शैलीमा आफै मादल बजाएर तीजको भाकामा गीत गाउने र नाच्ने महोत्सवमा ब्यवस्था मिलाईएको उनले जानकारी दिए । समुहगत र एकल तीज र नृत्यको प्रतियोगिता रहेको महेत्सवमा ५० हजार बढी दर्शक र ब्रतालुहरुको भेला हुने आयोजकले अपेक्षा गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै क्षेत्र संरक्षणका पूर्व अध्यक्ष शिवराज श्रेष्ठले ५ दशक पहिले देखि लक्ष्मीनारायण परिषरमा स्वतः भेला हुने र तीजको रमझम गर्ने परम्परालाई खजुरा क्षेत्र संरक्षण समितिले ब्यवस्थापन मात्र गरेको बताए । तीजको दिन स्वतः खजुरामा हजारोंको संख्यामा दिदीबहिनीहरुको जमघट हुने गरेको बताउँदै उनले यस वर्ष खजुराको वारी र पारी दुबै स्थानमा महोत्सव राखिएकाले थप आकर्षण बढ्ने बताए ।

पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा खजुरा दशकौं अगाडि देखि साँस्कृतिकरुपमा समृद्ध क्षेत्र रहेको दाबी गर्दै नेपालको प्राय सबै जिल्लाहरुबाट बसाँई सरेर आएका नेपालीहरुले बसोबास गर्ने भएकाले खजुरा बहुभाषिक र बहुसाँस्कृतिक रुपमा प्रसिद्ध रहँदै आएको जनाइएको छ । ‘बसाई सराई सँगै आएका गाँउबेसीका साँस्कृतिक कोशेलीलाई खजुराबासीले जिवन्त राखि नै रहेका छन् ।’ विज्ञप्तिमा लेखिएको छ ।

चरम द्वन्द्वकाल देखि नै खजुराको एकता र साँस्कृतिक पहिचान जोगाउँदै आएको खजुरा क्षेत्र संरक्षण समितिले यस वर्षपनि आफ्नो परम्परालाई कायम राख्दै बृहद तीज महोत्सवको सृङ्खलालाई निरन्तरता दिने भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महोत्सवमा परम्परागत लाखे नाच प्रदर्शन हुने आयोजकले जनाएको छ । मौलिकता हराएको अवस्थामा आफै मादल बजाएर मौलिक भाकामा प्रस्तुतिकरण हुने तीजी गीत र तीजको एकल नृत्यु प्रतियोगिता महोत्सवका आकर्षण हुने समेत आयोजक क्षेत्र संरक्षण समितिले जानकारी दिएको छ ।

प्रतियोगी सहित मेला भर्न आउने मौलिक नेपाली पहिरन लगाएर आउने दर्शकबाट मुल्याँकन गरेर पुरस्कृत गरिने अध्यक्ष बुढाथोकीले बताए ।

प्रकाशित मिति : २० भदौ २०८०, बुधबार  ५ : १२ बजे

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की । देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

असार दोस्रो साता एमाले केन्द्रीय कमिटी बैठक, पार्टी पुनर्गठनका लागि कार्यदल गठन

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असार दोस्रो साता

हुम्ला र बाजुराका नागरिकलाई संयमता अपनाउन गृह मन्त्रालयको अनुरोध

काठमाडौँ । गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाका नागरिकलाई संयमता

‘इमान्दार कार्यकर्ता अपहेलित भए’ भन्दै उमाशंकर अरगरियाले छोडे एमाले

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य प्रत्याशी

नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्व राजनीतिमा देखिएको