२९ मंसिर २०८२, सोमबार | December 15, 2025

सांसदले उठाए प्रश्न : कान्ति अस्पतालमा उपचार नपाएर बालिकाको मृत्यु हुने अवस्था किन आयो?



काठमाडौं। सांसदहरुले कान्ति बाल अस्पतालमा उपचार नपाएर एक बालिकाको मृत्यु भएको विषयप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उपचारका लागि कुर्दाकुर्दै बालिकाको मृत्यु भएको भन्दै दोषीउपर कारबाही गर्न माग गरेका छन् ।

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका कांग्रेसका महामन्त्री गगन थापाले अस्पतालमा दुई घण्टा पालो कुर्दा पनि उपचार नपाएर मृत्यु हुनुपर्ने अवस्था किन आयो भन्दै सरकारसँग जवाफ पनि मागेका छन् ।

उच्च ज्वरोसहितकाके समस्या भएपपछि उपचारका लागि कान्ति बाल अस्पताल पुर्‍याइएकी बालिका रेजिशा गोपालीको उपचारका लागि पालो कुर्दाकुर्र्दै निधन भएको थियो । सोही घटनालाई लिएर बिहीबार सांसदहरुले सरकारको जवाफ माग्नेदेखि दोषीउपर कारबाही र सर्वसुलभ स्वास्थ्य सेवाको व्यवस्था गर्न माग गरेका छन् ।

गगन थापा, महेश बर्तौला, चन्दा कार्की, सुमना श्रेष्ठलगायतका अधिकांश सांसदले काठमाडौंमै उपचार नपाएर बालिकाले मृत्युवरण गर्नुपर्ने अवस्था लज्जास्पद रहेको र यसले देशको स्वास्थ्य सेवाको अवस्था दर्शाएको बताए ।

प्रकाशित मिति : २१ भदौ २०८०, बिहिबार  ३ : ०१ बजे

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ