१६ श्रावण २०८३, शनिबार | August 1, 2026

सांसदले उठाए प्रश्न : कान्ति अस्पतालमा उपचार नपाएर बालिकाको मृत्यु हुने अवस्था किन आयो?



काठमाडौं। सांसदहरुले कान्ति बाल अस्पतालमा उपचार नपाएर एक बालिकाको मृत्यु भएको विषयप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उपचारका लागि कुर्दाकुर्दै बालिकाको मृत्यु भएको भन्दै दोषीउपर कारबाही गर्न माग गरेका छन् ।

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका कांग्रेसका महामन्त्री गगन थापाले अस्पतालमा दुई घण्टा पालो कुर्दा पनि उपचार नपाएर मृत्यु हुनुपर्ने अवस्था किन आयो भन्दै सरकारसँग जवाफ पनि मागेका छन् ।

उच्च ज्वरोसहितकाके समस्या भएपपछि उपचारका लागि कान्ति बाल अस्पताल पुर्‍याइएकी बालिका रेजिशा गोपालीको उपचारका लागि पालो कुर्दाकुर्र्दै निधन भएको थियो । सोही घटनालाई लिएर बिहीबार सांसदहरुले सरकारको जवाफ माग्नेदेखि दोषीउपर कारबाही र सर्वसुलभ स्वास्थ्य सेवाको व्यवस्था गर्न माग गरेका छन् ।

गगन थापा, महेश बर्तौला, चन्दा कार्की, सुमना श्रेष्ठलगायतका अधिकांश सांसदले काठमाडौंमै उपचार नपाएर बालिकाले मृत्युवरण गर्नुपर्ने अवस्था लज्जास्पद रहेको र यसले देशको स्वास्थ्य सेवाको अवस्था दर्शाएको बताए ।

प्रकाशित मिति : २१ भदौ २०८०, बिहिबार  ३ : ०१ बजे

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा