४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

भ्रष्टाचारको आरोपमा आन्ध्र प्रदेशका पुर्व मुख्यमन्त्री पक्राउ



हैदाराबाद । तेलुगु देशम पार्टीका प्रमुख चन्द्रबाबु नायडू भ्रष्टाचारको आरोपमा शनिबार बिहान पक्राउ परेका छन् ।

पूर्व मुख्यमन्त्रीलाई सीआईडीले नन्द्याला शहरको ज्ञानपुरमस्थित आरके फंक्शन हलबाट बिहान ६ बजे पक्राउ गरिएको प्रहरी अधिकारीले पुष्टी गरेका छन्   । एसआईटी र सीआईडी अधिकारीहरूका अनुसार कौशल विकास घोटाला मामिलामा चन्द्रबाबु नायडूलाई पक्राउ गरिएको हो ।

सीआईडीले चन्द्रबाबु नायडू विरुद्ध पक्राउ वारेन्ट जारी गरेको थियो, जसको लगत्तै उनलाई पक्राउ गरिएको थियो। सूचना अनुसार आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्रीलाई आईपीसीको सम्बन्धित धारा अन्तर्गत पक्राउ गरिएको हो।

आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडूले दुई दिनअघि आफूलाई हिरासतमा लिन सकिने बताएका थिए । करोडौं रुपैयाँ घुसखोरी र घोटाला गरेको उनीमाथि आरोप रहेको छ ।

प्रकाशित मिति : २३ भदौ २०८०, शनिबार  ८ : ५८ बजे

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट

खुल्यो तुम्लिङटार विमानस्थल

सङ्खुवासभा । प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार

म्यान्मारलाई सहायता रकम हस्तान्तरण

काठमाडौँ । नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली सहित एकजना पक्राउ

झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण

काठमाडौं । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ उजुरी प्राप्त