२५ भदौ २०८३, बिहिबार | September 10, 2026

राधाकृष्ण युवा क्लबको १३ औं रक्तदान कार्यक्रम सम्पन्न



बुटवल । राधाकृष्ण युवा क्लब बुटवलको आयोजनामा १३ औं रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बुटवल उपमहानगर पालिका वडा नम्बर ५ र ६ मा रहेको क्लबले १३ औं रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ५१ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक शंकर परियारले जानकारी दिए ।

कार्यक्रमको सुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष लोकनाथ न्यौपानेले रक्तदान कार्यक्रम गरि सामाजिक कार्यमा अगाडि रहेको भन्दै यसमा युवाहरुको योगदान महत्वपुर्ण रहेको बताए । युवाहरु परिवर्तनको बाहकका रुपमा परिचय दिएर युवासंग नया नया ज्ञान र सिकाई लिनुपर्ने न्यौपाने बताए । उनले मानविय कामका लागि सबैले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्नुपर्ने धारणा राखे ।

क्लबका अध्यक्ष यम बरालले क्लबले वार्षिक कार्यतालिका नै बनाएर रक्तदान कार्यक्रम गर्दै आएको जानकारी दिए । क्लबले रक्तदान कार्यक्रमसंगै वडा तथा टोल सरसफाइ, दशैं तिहारमा विशेष सास्कृतिक कार्यक्रम र होली पर्वमा होली मिलन कार्यक्रमहरु नियमित रुपमा गर्दै आएको जानकारी दिए ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का वडा सदस्य श्याम बहादुर थापा, वडा सदस्य चिनकाजी श्रेष्ठको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन क्लबका सदस्य सुमित खनालले गरेका थिए ।

 

प्रकाशित मिति : २३ भदौ २०८०, शनिबार  १२ : ३४ बजे

विश्व शान्तिधाम लुम्बिनीको पहलमा विश्व शान्ति पूजा हुँदै

बुटवल । विश्व शान्तिधाम लुम्बिनीले भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली,

अस्पताल बाहिर बच्चा जन्माएको घटना छानबिन गर्न स्वास्थ्यमन्त्रीले राजविराज पठाइन् टोली

काठमाडौं । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले अस्पताल

बाँकेमा घटेन कुष्ठरोगको प्रकोप, थपिए १९३ कुष्ठरोगी

नेपालगन्ज । गत आर्थिक वर्ष ०८२/०८३ मा १९३ नयाँ कुष्ठरोगी

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

नेपालगन्ज । जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह

विपद् व्यवस्थापनका लागि संसदीय विशेष समिति गठन गर्न विपक्षी दलको माग

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले भोटेकोशी बाढीपछि उद्धार,