१८ माघ २०८२, आइतबार | February 1, 2026

सर्लाही सदरमुकाममा मलगंवामा आज साँझदेखि कर्फ्यु



सर्लाही। सर्लाही सदरमुकाम मंलगवामा कफ्यु लगाईएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा कर्फ्यू आदेश जारी गरेको हो ।

कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा हिजो बेलुका दुई पक्षबीच झडप भएपछि स्थीतिलाई नियन्त्रणमा लिनका लागिग कर्फ्यू आदेश जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले जानकारी दिए । उनका अनुसार आज साँझ पाँच बजेदेखि शुरु हुने कर्फ्यू भोलि बिहान ८ बजेसम्म जारी रहनेछ । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गरेर फर्किने क्रममा हिजो बेलुका मलंगवामा दुई समुदाय बीच झडप र ढुंगामुढा भएको थियो ।

सो असहज स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाइ फायर समेत गरे पनि अवस्था नियन्त्रणमा नआए पछि कफ्यु लगाउनु परेको प्रजिअ यादवले जानकारी दिए ।

यद्धपी, जिल्ला प्रशासन कार्यालयले आज दिउँसो सर्वदलीय र सर्वपक्षीय भेला बोलाएर जातीय र धार्मिक सद्भाव कायम राख्न अपिल गरेको छ ।

प्रकाशित मिति : २३ भदौ २०८०, शनिबार  ५ : १६ बजे

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज

बजार झरेका मतदाता भन्छन्, ‘गाउँमै बस्ने वातावरण बनाइदेउ’

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास

बागलुङ-बिहुँ खण्ड : नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३

उम्मेदवारको पर्खाइमा सीमावर्ती कचनकबलका मतदाता

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका