५ पुस २०८२, शनिबार | December 20, 2025

धातिवाङ-रुपन्देही संम्पर्क समाजद्वारा तीजमिलन कार्यक्रम सम्पन्न



बुटवल । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर धातिवाङ-रुपन्देही संम्पर्क समाजले सोमबार बुटवलमा तीज मिलन कार्यक्रम गरेको छ ।

अर्घाखाँची जिल्लाको साविक धतिवाङ गाबिस हाल पाणिनी गाउँपालिका वडा नं ६ बाट रुपन्देहीमा आई स्थायी वा अस्थायी रुपमा बेसोबास गर्दै आएकाहरुको भाईचार तथा सद्भाव अभिबृद्धि गर्ने उद्देश्यले गठित धातिवाङ-रुपन्देही संपर्क समाजले गरेको तीज मिलन कार्यक्रममा बोल्ने वक्ताहरुले अर्घाखाँचीको कला संस्कृतिको संरक्षण, आपसी सद्भाव र रुपन्देही र धतिवाङ लाई जोड्ने पुलको काम गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि धतिवाङ वार्ड ६ का वार्ड अध्यक्ष कृष्ण पौडेलले धातिवाङ बाट रुपन्देहीमा आएर बसेका व्यक्तिहरु बिचमा चिनजान नभएकै कारण गारो साँगुरो पर्दा समस्यामा पर्ने स्थितीको अन्त्य हुनु पर्ने भनाई राखे । उनले संस्था स्थापनाले आपसमा जान पहिचानका लागि सहज भएको भनाई राखे ।

त्यस्तै संस्थाका संस्थापक अध्यक्ष थानेश्वर पौडेलले माईका थान मन्दिर परिसरमा तीज गित गाउने र नाँच्ने प्रतिस्पर्धा अहिले पनि झलझली आएको स्मरण गर्दै धातिवाङको कला संस्कृति संरक्षणसंगै भेटघाट तथा सद्भाव अभिबृद्धिकालागि पनि तीज मिलन कार्यक्रम गरिएको जानकारी गराए ।

संस्थाका का.बा अध्यक्ष नमराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पाणिनी वार्ड ६ बाट निर्वाचित जनप्रतिनिधि हरुलाई स्वागत तथा सम्मान गरिएको थियो । कार्यक्रमको सास्कृतिक संयोज गौरी पौडेलले स्वागत मन्तव्य राखेका थियो भने सह सचिव हरी प्रसाद घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : २३ भदौ २०८०, शनिबार  ५ : ३४ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य