१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

धातिवाङ-रुपन्देही संम्पर्क समाजद्वारा तीजमिलन कार्यक्रम सम्पन्न



बुटवल । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर धातिवाङ-रुपन्देही संम्पर्क समाजले सोमबार बुटवलमा तीज मिलन कार्यक्रम गरेको छ ।

अर्घाखाँची जिल्लाको साविक धतिवाङ गाबिस हाल पाणिनी गाउँपालिका वडा नं ६ बाट रुपन्देहीमा आई स्थायी वा अस्थायी रुपमा बेसोबास गर्दै आएकाहरुको भाईचार तथा सद्भाव अभिबृद्धि गर्ने उद्देश्यले गठित धातिवाङ-रुपन्देही संपर्क समाजले गरेको तीज मिलन कार्यक्रममा बोल्ने वक्ताहरुले अर्घाखाँचीको कला संस्कृतिको संरक्षण, आपसी सद्भाव र रुपन्देही र धतिवाङ लाई जोड्ने पुलको काम गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि धतिवाङ वार्ड ६ का वार्ड अध्यक्ष कृष्ण पौडेलले धातिवाङ बाट रुपन्देहीमा आएर बसेका व्यक्तिहरु बिचमा चिनजान नभएकै कारण गारो साँगुरो पर्दा समस्यामा पर्ने स्थितीको अन्त्य हुनु पर्ने भनाई राखे । उनले संस्था स्थापनाले आपसमा जान पहिचानका लागि सहज भएको भनाई राखे ।

त्यस्तै संस्थाका संस्थापक अध्यक्ष थानेश्वर पौडेलले माईका थान मन्दिर परिसरमा तीज गित गाउने र नाँच्ने प्रतिस्पर्धा अहिले पनि झलझली आएको स्मरण गर्दै धातिवाङको कला संस्कृति संरक्षणसंगै भेटघाट तथा सद्भाव अभिबृद्धिकालागि पनि तीज मिलन कार्यक्रम गरिएको जानकारी गराए ।

संस्थाका का.बा अध्यक्ष नमराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पाणिनी वार्ड ६ बाट निर्वाचित जनप्रतिनिधि हरुलाई स्वागत तथा सम्मान गरिएको थियो । कार्यक्रमको सास्कृतिक संयोज गौरी पौडेलले स्वागत मन्तव्य राखेका थियो भने सह सचिव हरी प्रसाद घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : २३ भदौ २०८०, शनिबार  ५ : ३४ बजे

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी

रास्वपा सांसदलाई प्रधानमन्त्रीले भने – राज्य संयन्त्र परिचालित छन्, कोही विचलित हुनुपर्दैन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज