१० जेष्ठ २०८३, आइतबार | May 24, 2026

विकासका नाममा राजनीति नगरौँ : मन्त्री गुरुङ



वालिङ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विकासका नाममा राजनीति गर्न नहुने बताएका छन । निर्वाचनका बेला भिन्न-भिन्न पार्टीबाट प्रतिस्पर्धा गरे पनि विजयी भइसकेपछि सबैको साझा भएर काम गर्न सकेमात्रै विकासले गति लिने उनले बताए ।

स्मार्ट सिटीका रूपमा घोषित भई कार्यान्वयनको चरणमा रहेको स्याङ्जाको वालिङ नगरपालिकाले शनिबार वालिङमा आयोजना गरेको ‘पालिकाको वर्तमान अवस्था र भावी गन्तव्य’ विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री गुरुङले भने- “विकासमा सबैको अपनत्व भयो भने त्यो दिगो र प्रभावकारी हुन्छ ।” कहिलेकाहीँ विकासका नाममा राजनीति गर्ने र राजनीतिकै कारण विकास ठप्प हुने गरेका उदाहरण प्रशस्तै देखिने गरेको उनको भनाइ थियो ।

सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको भावनाअनुरुप काम गर्न प्रतिबद्ध रहेको मन्त्री गुरुङले बताए । “तीन तहका सरकारबीच आपसी समन्वयको अभावले विकास निर्माणका कार्य हुन नसकेका कुरा आउने गरेका छन्”, उनले भने, “केन्द्रको जनप्रतिनिधिको तर्फबाट म प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै अगाडि बढ्न तयार छु ।”

कार्यक्रममा गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले समाज रुपान्तरण गर्ने दायित्वका साथ निरन्तर लागिरहेको बताए । गण्डकी प्रदेशसभा सदस्य भोजराज अर्यालले दलगत स्वार्थभन्दा माथि उठेर विकास निर्माणमा सहभागी हुनुपर्ने बताए ।

नगरप्रमुख कृष्ण खाणले वालिङको विकासका लागि नगरपालिकाले मात्रै नभई यहाँका नागरिकसँग भएका अमूल्य अनुभव, सल्लाह सुझावलाई ग्रहण गरी आगामी दिनमा योजना बनाउन सकियोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

प्रकाशित मिति : २४ भदौ २०८०, आइतबार  ७ : ३७ बजे

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की । देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

असार दोस्रो साता एमाले केन्द्रीय कमिटी बैठक, पार्टी पुनर्गठनका लागि कार्यदल गठन

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असार दोस्रो साता

हुम्ला र बाजुराका नागरिकलाई संयमता अपनाउन गृह मन्त्रालयको अनुरोध

काठमाडौँ । गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाका नागरिकलाई संयमता

‘इमान्दार कार्यकर्ता अपहेलित भए’ भन्दै उमाशंकर अरगरियाले छोडे एमाले

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य प्रत्याशी

नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्व राजनीतिमा देखिएको