२५ मंसिर २०८०, सोमबार | December 11, 2023

पहिरोले सुदुरपश्चिमका तीन जिल्लामा जाने सवारी साधान अलपत्र



डडेलधुरा । सुदूरपश्चिम प्रदेशका ३ पहाडी जिल्ला जाने सडक अबरुद्ध भएको छ ।

सुदुरपश्चिम प्रदेशलाई जोड्ने मुख्य मार्ग केआइसिंह राजमार्ग फेरि अवरुद्ध भएको हो । जसअनुसार तीन पहाडी जिल्ला डोटी, अछाम र बाजुरा जोड्ने राजमार्ग अवरुद्ध हुन पुगे पछि सो सडक खण्ड हुदैँ सञचालन भईरहेको सवारी साधान आवतजावत रोकिन पुगेको छ । सो सडक खण्ड पार गरेर जाने सवारी साधान अलपत्र परेको छ ।

डडेल्धुरा जिल्ला प्रहरी कार्यालयका अनुसार डडेलधुराको गन्यापधुरा गाउँपालिका–२ स्थित रडुवामा पहिरो झरेका कारण राजमार्ग अवरुद्ध हुन पुगेको हो । उसका अनुसार शनिबार रातिदेखिको भारी वर्षाका कारण राजमार्ग माथिबाट पहिरो खसेको छ भने आइतबार बिहान पनि थप वर्षा भए पछि बन्द भएको राजमार्ग सुचारु गर्न अझै सकिएको छैन।

सो सडक खण्डमा राजमार्गको माथिबाट पहिरोले ढुङ्गा र रुखहरूसमेत बगाएर सडकमा ल्याएको छ । वर्षा नरोकिएको र पहिरो जाने क्रम अझै जारी रहेकाले सडक मर्मतको काम सुरुसमेत गर्न नसकिएको डडेलधुरा प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ९ : ४७ बजे

संघीय संसदको महासचिवमा पदम पाण्डे सिफारिस

काठमाडौं । संघीय संसदका महासचिवमा सचिव पदमप्रसाद पाण्डे सिफारिस भएका

संघीय संसदका महासचिव भरतराज गौतमले दिए राजीनामा

काठमाडौं। संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से

अन्तर्राष्ट्रिय उडान नभएसम्म गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालीन धर्ना

भैरहवा। रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन

यसरी फेरियो पुम्दीकोटको परिचय

कास्की । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको