१० जेष्ठ २०८३, आइतबार | May 24, 2026

प्रधानमन्त्री प्रचण्डद्वारा सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनले आफू मर्माहत भएको बताएका छन् । ‘संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु’, उनले ट्विटरमा लेखेका छन् ।

प्रधानमन्त्री प्रचण्डले दिवंगत नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले पनि संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनले आफू स्तब्ध भएको बताएका छन् । ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनुभएको छ’, ट्विटरमा भनिएको छ ।

काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । उनको राति साढे १ बजे निधन भएको एमालेका प्रतिनिधि सभाका सचेतक महेश बर्तौलाले जानकारी दिए ।

निधन भएका नेम्वाङ एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता हुन् । २०५१ मा राज्यमन्त्री र मन्त्री बनेका उनी दुवै संविधान सभाका अध्यक्ष पनि हुन् । २०४८ मा राष्ट्रिय सभा सदस्य भई संसदीय यात्रा सुरु गरेका उनी २०५६ देखि २०७९ सम्मका सबै प्रतिनिधि सभा/संविधान सभा निर्वाचनमा विजयी भएका थिए ।

प्रकाशित मिति : २६ भदौ २०८०, मंगलबार  ६ : ५३ बजे

हुम्ला र बाजुराका नागरिकलाई संयमता अपनाउन गृह मन्त्रालयको अनुरोध

काठमाडौँ । गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाका नागरिकलाई संयमता

‘इमान्दार कार्यकर्ता अपहेलित भए’ भन्दै उमाशंकर अरगरियाले छोडे एमाले

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य प्रत्याशी

नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्व राजनीतिमा देखिएको

बाजुरा र हुम्लाको सीमा अध्ययन गर्न सरकारद्वारा समिति गठन

काठमाडौं । सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमासम्बन्धी प्राविधिक पक्ष

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको विस्तृत कार्यतालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको