१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

नेम्वाङको निधनले राष्ट्रले एक सिद्धान्तनिष्ठ, शालीन र देशभक्त नेता गुमायो : अध्यक्ष तिमिल्सिना



काठमाडौं । रााष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले राष्ट्रले एक सिद्धान्तनिष्ठ, शालीन र देशभक्त नेता गुमाएको बताएका छन् ।

नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएको थियो । उनको निधनप्रति शोक वक्तव्य जारी गर्दै अध्यक्ष तिमिल्सिनाले नेम्वाङको निधनले राष्ट्रले एक सिद्धान्तनिष्ठ, शालीन, देशभक्त, इमान्दार नेता तथा नेपालको संसद्ले एक अनुभवी, असल र लोकप्रिय सांसद तथा संसद्को उदाहरणीय नेता गुमाएको बताएका हुन् ।

दुःखको यस घडीमा स्वर्गीय नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै उनले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

 शोक वक्तव्य

संविधान सभाका अध्यक्ष, पूर्व सभामुख एवं प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज बिहान १ः३० बजे भएको अप्रत्यासित निधनले मर्माहित भएको छु । २०६२÷६३ सालको ऐतिहासिक जनआन्दोलन पछि पूर्नस्थापित संसद्मा सभामुख र पहिलो तथा दोस्रो संविधान सभामा अध्यक्षको रुपमा उहाँले खेल्नु भएको नेतृत्वदायी भूमिकाको मुलुकले सदा स्मरण गरिरहने छ । नेपालको शान्ति प्रकृया र संविधान सभाबाट नेपालको संविधान जारी गराउन उहाँको महत्वपूर्ण भूमिका रहेको थियो । उहाँको सुझबुझपूर्ण ढंगले सबै पक्षसंग सहज संवादका माध्यमबाट सहमती, सहकार्य एंव एकता कायम गराएर विवाद निरुपण गर्ने शैली सबैका लागि अनुकरणीय छ । उहाँको निधनले नेपालको संसद्ले एक अनुभवी, असल र लोकप्रिय सांसद तथा संसद्को उदाहरणीय नेता गुमाएको छ । राष्ट्रले एक सिद्धान्तनिष्ठ, शालीन, देशभक्त, इमान्दार नेता गुमाएको छ । दुःखको यस घडीमा स्वर्गीय नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।

गणेशप्रसाद तिमिल्सिना
२०८० साल भदौ २६ गते, मंगलबार ।
 

प्रकाशित मिति : २६ भदौ २०८०, मंगलबार  ३ : १९ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले