६ श्रावण २०८३, बुधबार | July 22, 2026

बाँके र बर्दियाबाट बलात्कार आरोपमा दुईजना पक्राउ



काठमाडौं । बाँके र बर्दियाबाट बलात्कारको आरोपमा दुईजना पक्राउ परेका छन् ।

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके बैजनाथ गाउँपालिका-८ पिपिरी बस्ने २१ वर्षीय गणेश सुस्लिङ मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

मगरले ती बालिकालाई ललाई फकाई गत आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यसैगरि २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया बारबर्दिया नगरपालिका-६ धामपुर बस्ने ३२ वर्षीय कपिल गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

गिरीले ती महिलालाई विभिन्न किसिमको धाक धम्की देखाई विभिन्न मितिमा पटक(पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : २७ भदौ २०८०, बुधबार  ३ : ०१ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज