४ पुस २०८२, शुक्रबार | December 20, 2025

सातौं जिल्लास्तरीय स्नुकर : शिशिर, शंकर, विजय र सम्बन्ध सेमिफाइनलमा



बुटवल । सातौं रुपन्देही जिल्लास्तरीय स्नुकर प्रतियोगितामा क्वाटर फाइनल खेलहरु सकिएका छन् ।

रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा खस्यौली स्नुकर क्लब बुटवलमा बुधबार सम्पन्न खेलमा विजयी हुंदै शिशिर गुरुङ,शंकर खड्का,विजय थापा र सम्बन्ध विक सेमिफाइन प्रवेश गरेका हुन् ।

प्रतियोगिताका संयोजक विजय गुरुङका अनुसार क्वाटर फाइनल खेलमा सागर गाहालाई पराजित गर्दै विजय थापा, कुमार थापालाई पराजित गर्दै सम्बन्ध विके, सुरज मकाजुलाई पराजित गर्दै शंकर खड्का र डेभिड गौचनलाई पराजित गर्दै शिशिर गुरुङ सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

क्वाटरफाइनलका सबै खेल बेस्ट अफ फाइभका आधारमा खेलाइएको थियो ।

प्रतियोगितामा रुपन्देहीमा बसोबास गर्दै आएका १२८ जना खेलाडी सहभागी भएका थिए । उपाधि विजेताले ५० हजार, उपविजेताले २५ हजार, हाई स्कोररले १० हजार, उदियमान र अनुशासित खेलाडीले समान नगद ५ हजार रुपैयां नगद पुरस्कार पाउने आयोजक संघका अध्यक्ष सुजन पुनले बताए ।

प्रतियिगोगिता बिहीबारसम्म चल्ने अध्यक्ष पुनले बताए । कुल ५ लाख रुपैया खर्च हुने प्रतियोगितामा सम्पन्न गर्न विभिन्न संघ संस्था र खेलप्रेमीहरुले सहयोग गरेका संघका कोषाध्यक्ष अमिन थापाले बताए ।

प्रकाशित मिति : २७ भदौ २०८०, बुधबार  ५ : ५८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको