२१ माघ २०८२, बुधबार | February 4, 2026

खजुरा तीज महोत्सवमा काठमाडौंबाट कलाकार बोलाइने



नेपालगन्ज । बाँकेको खजुरा एक नम्बर बजारमा पहिलो पटक आयोजना हुन गैरहेको खजुरा तीज महोत्सव तथा सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारले समेत प्रस्तुती दिने भएका छन ।

खजुरामा सामाजिक कार्यमा क्रियासिल रहेको आदर्श युवा सञ्जालको मुख्य आयोजनामा असोज १ गते तीजको दिनमा हुन लागिरहेको तीज महोत्सवमा चर्चित लोक तथा दोहोरी गायिका टिका पुन र जय देवकोटाले प्रस्तुती दिने तय भएको सांस्कृतिक उप समितिका संयोजक खगेन्द्र दाहालले जानकारी दिए । मेरो डान्स युनिभर्सका टप १० मा पर्न सफल डान्सर दिलु सुनारको प्रस्तुती पनि राखिने भएको दाहालले बताए ।

युवा सञ्जालको मुख्य आयोजना र स्थानीय न्यु डाँफे स्पोर्टस क्लव, बागमति स्पोर्टस क्लव, हिमालय सामुदायिक क्लव, न्यु दर्पण युवा क्लवको सह आयोजनामा हुन गैरहेको तिज महोत्सवमा सामुहिक तीज न्यृत्य प्रतियोगिता र एकल तिज न्यृत्य प्रतियोगिता समावेश गरिएका छन् ।

बाँके जिल्लाकै ठुलो धनराशि पुरस्कारमा राखिएको कारणले पनि प्रतियोगि समुहहरुको सहभागिता उल्लेखनिय रहने आयोजकले अपेक्षा गरेको छ । सामुहिक तर्फ प्रथम हुने टिमले ५० हजार नगद पुरस्कार पाउने छन् । त्यस्तै दोश्रो हुने टिमले ३० हजार, तेश्रो हुने टिमले १५ हजार र सान्तावना हुने टिमले नगद १० हजार पाउने सांस्कृतिक उप समितिका संयोजक दाहालले जानकारी दिए । एकल तीज गीत न्यृत्य प्रतियोगिताका विजयीहरुका लागि आर्कषक सुनका गहना उपहार पुरस्कारको रुपमा व्यवस्था गरिएको सञ्जालका अध्यक्ष कल्पना तामाङ्गले जानकारी दिइन् ।

तीज महोत्सवको मुख्य उदेश्य रमाइलो मात्र नभएर सामाजिक सेवा र युवा बीचको एकता रहेको सञ्जालका अध्यक्ष तामाङ्गले बताइन् । महोत्सव हेर्न आउने दर्शकलाई निःशुल्क खानेपानीको व्यवस्था गर्न लागिएको सञ्जालका सदस्य तथा आर्थिक व्यवस्थापन उप समितिका संयोजक भरत जैसिले जानकारी दिए ।

खजुराको एक नम्बरमा हुने तीज महोत्सवलाई ५ देखी ७ हजार बढि दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । महोत्सवको उद्घाटन समारोहमा नैमति बाजा बजाएर पन्चकन्या सहित सुरुवात गरिने गरि तयारी भैरहेको सञ्जालका सचिव सुवास निरौलाले जानकारी दिए ।

प्रकाशित मिति : २७ भदौ २०८०, बुधबार  ८ : ३० बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता