१६ बैशाख २०८१, आइतबार | April 29, 2024

आज १५८ औं मोती जयन्ती, को थिए मोतीराम भट्ट ?



काठमाडौं । नेपालमा पहिलो पटक छापाखाना भित्राएर पत्रकारिता सुरुआत गराउने व्यक्तित्व युवा कवि मोतीराम भट्टको आज १५८ औँ जन्मजयन्ती । राष्ट्रिय विभूति मोतीराम भट्टको जन्म जयन्ती आज नेपाल सहित नेपाली भाषा बोल्ने देशहरुमा विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

मोतीराम भट्टको पिता दयाराम भट्ट र माता रिपुमर्दिनी देवि भट्टका दोस्रो सन्तानका रुपमा विसं १९२३ साल कुशेऔंसीका दिन काठमाडौको भोसिको टोलमा भएको थियो । ६ बर्षको सानो उमेरमा नै उनी शिक्षा हासील गर्ने क्रममा वरणारसी पुगेका थिए । सानैदेखि साहित्यमा अभिरुचि बोकेका/देखाएका उनले उर्दू लगाएत अन्य साहित्यका विधाको राम्रो अध्ययन गरेका थिए । उनी होनाहार, ओजस्वी र तपस्वी व्यक्तित्व थिए । उनी स्वदेशी खानु, स्वदेशी लाउनु, स्वदेशी व्यवहार गर्नु, स्वदेशी बोल्नु पर्दछ भन्ने सपना देख्थे ।

वरणारसीबाट नेपाल फर्केर आएपछि १५ बर्षकै उमेरमा यिनले विवाह गरे । उनी दरबार स्कुलमा भर्ना भई स्कुल जीवन बिताइ सकेर फेरि उच्च शिक्षा हासिलका निम्ति कलकत्ता पुगे र त्यहाँ नै मास्टर डिग्रीसम्मको शिक्षा हासिल गरेका थिए ।अध्ययनलाई विशेष ध्यान दिने उनीमा नेपाली,संस्कृत, उर्दू लगायत अन्य भाषाको राम्रो ज्ञान थियो ।

यिनै महान् व्यक्तित्वले १९४८ मा कवि भानुभक्त आचार्यको जीवनचरित्रलाई नेपाली साहित्यको मन्दिरमा समर्पण गरेर नेपाली भाषासाहित्यमा समालोचनाको श्रीगणेश गरे । उनले भानुभक्तलाई स्थापित गर्न धेरै जुक्ति निकालेका थिए । उनले भानुभक्तलाई सपना र विपना जप्ने गर्थे । वास्तवमा नेपाली साहित्यलाई रातोरात उन्नतिको शिखरमा पु¥याउन मोतीराम भट्टले भानुभक्त आचार्य जस्ता एउटा साधारण व्यक्तिको यथेष्ट कदर गरेका थिए । जनजीवनमा साहित्यिक र भाषिक भावनाबाट जागरण ल्याउनका लागि मोतीरामले भानुभक्तलाई घुँडा टेकेर उठाएको भनन सकिन्छ । मोतीराम भट्टले भानुभक्त आचार्यका विषयमा लेखेका प्रायः सबै बेहोरालाई नै नेपाली साहित्यको इतिहासले आधिकारिक रुपमा ग्रहण छ ।

मोतीराम भट्ट जोसंग पनि खुलस्त हुन्थे । उनी साथीभाइ भनेपछि पनि मरिमेट्थे । दरबार हाई स्कुलमा उनका सहपाठी चन्द्रशमशेर थिए । देशको विकासका लागि मोतीराम भट्ट चिन्तित थिए । त्यस बेला मोतीराम भट्ट पढाईमा तेजिला थिए । यिनले दरबार हाईस्कुलको १० कक्षा अध्ययन गरिरहेको बेला अर्थात १९४८ सालमा बेलायतबाट नेपाल भ्रमणमा आएका लर्ड राबर्ट प्रधानमन्त्री चन्द्रशमशेरसँग दरबार हाइस्कुलको निरिक्षणमा गएका थिए । त्यसैबेला मोतीराम भट्टलाई लर्ड राबटले पुरस्कार स्वरुप पन्ध्रवटा ग्रन्थ दिएका थिए । उनी ठाउँ हेरी सबैमा आवश्यकताबमोजीम केन्द्रित हुने गर्थे । प्रथम जीवनी लेखक, समालोचक, अन्वेषक, पत्रकार, मुद्रणालयका संस्थापक, संगठनकर्ता, पुस्तकालय स्थापक पनि उनी नै थिए ।

मोतीराम भट्ट कवि, गजलकार र गीतकार पनि थिए । साथै उनी मीठो स्वर भएका गाएक पनि थिए । त्यतिमात्र होइन उनी एउटा मौलिक नाटककार तथा नाटक निर्देशक थिए । बनारस बसेका बेलामा मोतीराम भट्टले राम्रा राम्रा गजल गाएका थिए । त्यसैबेला यिनले सितारवादन पनि जानेका थिए । बनारसमा बस्दा यिनले चार सयजति शायरीहरु लेखिसकेका थिए तर त्यसबेलासम्म यिनले नेपाली गीत, कविता र गजल भने कोरेका थिएनन् ।

कतै युगल दोहोरी र जुहारी त कतै रातभरि श्लोकमा जुहारी खेलेको सुनेपछि उनलाईपनि नेपाली भाषामा विशेष रुचि र ज्ञान पलायो र यस्ता गीतहरुलाई हृदयमा रोप्न र मष्तिस्कमा खेलाउदै स्वरद्वारा प्रस्तुत गर्न थाले । ती सबै श्लोकहरु भानुभक्तले लेखेका हुन भन्ने थाहा पाएपछि मोतीराम भट्टले भानुभक्त आचार्यका गुनगानमा लाग्न थाले साथै कृतिहरु खोजीखोजी प्रकाशन गर्ने काममा गरे । आफ्नी श्रीमतीलाई लिएर संवत १९३८ मा काशी पुगे र यिनले भारतजीवन भन्ने हिन्दी पत्रिकाको नेपाली संस्करण गराए र यसको प्रकाशकीय र सम्पादकीय लेखे । त्यही छापाखानाबाट यिनले नेपाली भाषाका पुस्तकहरु भटाभट छापे ।साथीहरु पद्यविलास पन्त, काशीनाथ, तेजसिंह र तेजबहादुर रानाहरुको सक्रियता र सहयोगमा बनारसमा एउटा मित्रमण्डलीको गठन गरी यिनले समस्या पूर्तिका कवितालगायत अन्य फुट्कर कविता र गजललेखनको अभियान पनि चलाउन थाले साथै रामायण पनि प्रकाशित गराए । संवत १९४४ फागुनमा फेरि बनारसबाट काठमाडौ आएपछि आफ्ना मामा नरदेव पाण्डे र कृष्णदेव पाण्डेको सहयोग लिएर १९४५ सालमा काठमाडौ ठहिटीमा मोतीकृष्ण कम्पनी खोले । त्यसैबेला उनले पुस्तकालयपनि खोलेका थिए ।

मोतीराम भट्ट विशेषतः श्रृङ्गारवादी साहित्यकार थिए । उनी जोसंग पनि भुतुकै हुन्थे । अति मिलनसार भएकाले उनीसंगपनि धेरैले घनिष्टता जोडेका थिए , अनि यी केटीहरु भनेपछि मरिमेट्थे । भनिन्छ यिनले थुप्रै प्रीति गाँसे । यिनमा केटीहरुको घनिष्टता औधि थियो । वास्तवमा मोतीराम भट्टले लेखेका अधिकाशं गजलहरु पनि श्रृङ्गार रसले भरिएका नै पाइन्छ । यिनले सुन्दरीसंग बोल्न पाए भने मीठामीठा कविता लेख्न थाली नै हाल्थे । यिनका श्रृङ्गार रसका धेरै कविताहरु केटीहरुसंगकै भेटघाटका अवसरमा तयार भएका मानिन्छन् । मोतीराम भट्टले नेपाली साहित्याकाशमा पन्ध्र बर्षजति सक्रिय रुपमा सेवा गरे र त्यस अवधिमा उनले झन्डै पच्चीस वटाजति साहित्यिक कृतिहरु लेखे, सम्पादन गरे ।

भानुभक्त आचार्यको रामायण लगाएत अरु लेखकका कृतिहरु पनि प्रकाशित गराए । मोतीराम भट्टले युवाअवस्थामा आफ्नो सारा भावना, जाँगर र सक्रियता अर्पे र नेपाली साहित्यको विकासमा अतुलनीय, अविस्मरणीय र अकल्पनीय सृजनात्मक र संगठनात्मक साहित्यिक कार्यहरु गरेका थिए ।

नेपाल, नेपाली र नेपाली साहित्यप्रति सदैव मरिमेट्ने यस्ता ठूला सपुत शारीरिक अस्वस्थताका कारण सात महिना ओछ्यानमा थला परेर कुशे औसीमा ३१ बर्ष लागेकैदिन १९५३ सालमा काठमाडौको पशुपति आर्यघाटमा स्वर्गीय भए । आफ्नो जीवनको अथक मिहिनेत, बौद्विक कसरत र हिम्मतका कारणले उनी नेपाली माटोमा चिरस्मरणीय छन् । उनको योगदानका कारणले उनी देशका राष्ट्रिय विभूति बनेका छन् ।

उनका नाउँमा सरकारले हुलाक टिकट समेत निकालेको छ । उनैको नाउँमा युवावर्ष मोती पुरस्कार समेत स्थापना भएको छ जुन पुरस्कार नेपाली साहित्यका युवा पिंढीको सर्वोच्च पुरस्कारका रुपमा रहेको छ । बहूमुखी प्रतिभाका धनी मोतीराम भट्ट राष्ट्रभाषा नेपालीका पहिलो उत्थापक थिए । मोतीरामको सृजना, गोडमेल र जलमलका कारणले नेपाली भाषाले आजको स्थिति ओगटेको हो ।

उनैले भित्राएको छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुआत भएको भनिन्छ । भट्टको जन्मजयन्तीका अवसरमा आज नेपाली शिक्षा परिषद्लगायत विभिन्न संस्थाले कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार  ९ : ४३ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क