२३ माघ २०८२, शुक्रबार | February 6, 2026

शंकर खड्काले हात पारे सातौं जिल्लास्तरीय स्नुकरको उपाधि



बुटवल । सातौं जिल्लास्तरीय स्नुकर प्रतियोगिताको उपाधि बुटवलका शंकर खड्काले जितेका छन् । खस्यौली स्नुकर क्लब बुटवलमा बिहीबार बेस्ट अफ इलाभेनका आधारमा खेलाइएको फाइनल खेलमा भैरहवाका शिशिर गुरुङलाई ६-४ ले पराजित गर्दै शंकर खड्काले उपाधि जितेका हुन् ।

रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा भएको प्रतियोगितामा रुपन्देहीका १२८ जना खेलाडी सहभागी भएका थिए । खड्का रुपन्देही पुल तथा स्नुकर संघका महासचिव समेत हुन् ।

उपाधि विजेता खड्काले ५० हजार र उपविजेता गुरुङले २५ हजार नगद पुरस्कार पाएका छन् । प्रतियोगितामा ५५ स्कोरसहित खड्काले हाई स्कोररको नगद १० हजार पुरस्कार पनि हात पारे । यस्तै उदियमान खेलाडीमा सम्बन्ध विक र अनुशासित खेलाडीमा सागर गाहा र डेभिड गौचनले समान ५ हजार रुपैयांका दरले नगद पुरस्कार पाएका छन् ।

विजयी खेलाडीहरुलाई बुटवल उपमहानगरपाकिलाका प्रमुख खेलराज पाण्डेयले पुरस्कार र प्रमाणपत्र प्रदान गरे । सो अवसरमा उनले स्नुकर खेललाई पनि उपमहानगरले आधिकारिक खेलको मान्यता दिने बताए । संघका अध्यक्ष सुजन पुनले स्नुकर खेललाई राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गर्न तिनै तहका सरकारको ध्यानाकर्षण गराए । उनले स्नुकर खेल विश्वमा पुरानो र प्रतिष्ठित खेल भएपनि नेपालमा ओझेलमा परेको गुनासो गरे ।

समापन समारोहमा संघका पुर्व सचिव एवं बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव राना, संघका प्रथम उपाध्यक्ष बासु प्रधान, सचिव प्रकाश क्षेत्री लगायतले संघले आगामी दिनमा राष्ट्रियस्तरको प्रतियोगिता गर्ने बताए । समारोहमा प्रतियोगिता सम्पन्न गर्न सहयोग गरेका संघसंस्थालाई सम्मान गरिएको थियो ।

चार पत्रकारलाइ पुरस्कृत :

सातौं रुपन्देही जिल्लास्तरीय स्नुकर प्रतियोगितामा पत्रकारिताको माध्ययमवाट खेलको विकासमा पुराएको योगदानको उच्च कदर गर्दै चार जना पत्रकार सम्मानित भएका छन् ।

राज्य टिभिका समाचार प्रमुख यमलाल भुसाल, बुद्ध टिभिका समाचार प्रमुख कपिल ज्ञवाली, खबरकुरा डट कमका सम्पादक दिनेशकुमार श्रेष्ठ र बुद्ध टिभिका पत्रकार कपिल अधिकारीलाइ नगद, दोसल्ला र प्रशंसापत्रले सम्मान गरिएको थियो ।

कुल ५ लाख रुपैया खर्च भएको प्रतियोगितामा सम्पन्न गर्न विभिन्न संघ संस्था र खेलप्रेमीहरुले सहयोग गरेका संघका कोषाध्यक्ष अमिन थापाले बताए ।

 

प्रकाशित मिति : २८ भदौ २०८०, बिहिबार  १० : ०५ बजे

मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशभरका वडामा स्वयंसेवक

रौतहट घटनाबारे बोल्यो रास्वपा : छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । चुनावी प्रचारका क्रममा प्रयोग गरिएको सवारीसाधनको ठक्करबाट रौतहटमा

भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत रोगको पहिचान गर्न

बैतडी बस दुर्घटना : गगन थापाद्वारा दुःख व्यक्त, घाइतेको उपचारका लागि सरकारसँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौडी नगरपालिकामा

४२ सय रुपैयाँले घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा