५ पुस २०८२, शनिबार | December 20, 2025

शंकर खड्काले हात पारे सातौं जिल्लास्तरीय स्नुकरको उपाधि



बुटवल । सातौं जिल्लास्तरीय स्नुकर प्रतियोगिताको उपाधि बुटवलका शंकर खड्काले जितेका छन् । खस्यौली स्नुकर क्लब बुटवलमा बिहीबार बेस्ट अफ इलाभेनका आधारमा खेलाइएको फाइनल खेलमा भैरहवाका शिशिर गुरुङलाई ६-४ ले पराजित गर्दै शंकर खड्काले उपाधि जितेका हुन् ।

रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा भएको प्रतियोगितामा रुपन्देहीका १२८ जना खेलाडी सहभागी भएका थिए । खड्का रुपन्देही पुल तथा स्नुकर संघका महासचिव समेत हुन् ।

उपाधि विजेता खड्काले ५० हजार र उपविजेता गुरुङले २५ हजार नगद पुरस्कार पाएका छन् । प्रतियोगितामा ५५ स्कोरसहित खड्काले हाई स्कोररको नगद १० हजार पुरस्कार पनि हात पारे । यस्तै उदियमान खेलाडीमा सम्बन्ध विक र अनुशासित खेलाडीमा सागर गाहा र डेभिड गौचनले समान ५ हजार रुपैयांका दरले नगद पुरस्कार पाएका छन् ।

विजयी खेलाडीहरुलाई बुटवल उपमहानगरपाकिलाका प्रमुख खेलराज पाण्डेयले पुरस्कार र प्रमाणपत्र प्रदान गरे । सो अवसरमा उनले स्नुकर खेललाई पनि उपमहानगरले आधिकारिक खेलको मान्यता दिने बताए । संघका अध्यक्ष सुजन पुनले स्नुकर खेललाई राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गर्न तिनै तहका सरकारको ध्यानाकर्षण गराए । उनले स्नुकर खेल विश्वमा पुरानो र प्रतिष्ठित खेल भएपनि नेपालमा ओझेलमा परेको गुनासो गरे ।

समापन समारोहमा संघका पुर्व सचिव एवं बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव राना, संघका प्रथम उपाध्यक्ष बासु प्रधान, सचिव प्रकाश क्षेत्री लगायतले संघले आगामी दिनमा राष्ट्रियस्तरको प्रतियोगिता गर्ने बताए । समारोहमा प्रतियोगिता सम्पन्न गर्न सहयोग गरेका संघसंस्थालाई सम्मान गरिएको थियो ।

चार पत्रकारलाइ पुरस्कृत :

सातौं रुपन्देही जिल्लास्तरीय स्नुकर प्रतियोगितामा पत्रकारिताको माध्ययमवाट खेलको विकासमा पुराएको योगदानको उच्च कदर गर्दै चार जना पत्रकार सम्मानित भएका छन् ।

राज्य टिभिका समाचार प्रमुख यमलाल भुसाल, बुद्ध टिभिका समाचार प्रमुख कपिल ज्ञवाली, खबरकुरा डट कमका सम्पादक दिनेशकुमार श्रेष्ठ र बुद्ध टिभिका पत्रकार कपिल अधिकारीलाइ नगद, दोसल्ला र प्रशंसापत्रले सम्मान गरिएको थियो ।

कुल ५ लाख रुपैया खर्च भएको प्रतियोगितामा सम्पन्न गर्न विभिन्न संघ संस्था र खेलप्रेमीहरुले सहयोग गरेका संघका कोषाध्यक्ष अमिन थापाले बताए ।

 

प्रकाशित मिति : २८ भदौ २०८०, बिहिबार  १० : ०५ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता