१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बझाङमा दुई नाबालिगमाथि सामूहिक बलात्कार



बझाङ ।  बझाङमा दुई नाबालिगमाथि सामूहिक बलात्कार भएको छ।

मष्टा गाउँपालिका–१ रनाडा रुपदेउली टोलकी दुई बालिकामाथि करणी गरेर सोही ठाउँका तीन किशोर फरार भएका छन्।

करणीमा परेकी दुबै नाबालिका हुन्। करणी गर्ने किशोरहरू पनि नाबालक भएको प्रारम्भकि अनुसन्धानबाट खुलेकोले नाम नखुलाएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेश चौधरीले बताए।

पीडित बालिकाको स्वास्थ्य परीक्षण गरेर बालिकालाई घर पठाइएको छ भने करणी गर्ने किशोरको खोजिकार्य भइरहेको प्रहरी निरीक्षक चौधरीले बताए।

पीडित बालिकाका आफन्तले यही भाद्र १४ गते साँझ ६ बजे कापी किन्न हिँडेकी बालिकालाई एक विद्यालयको हातामा बोलाई कक्षा कोठामा जबरजस्तीकरणी गरेको बताएका छन्।

दुई बालिकालाई कक्षा कोठामा बन्धक बनाई जबरजस्ती करणी गरी फरार भएको उनीहरूको आरोप छ। पीडित बालिकाका आफ्नतले प्रहरीले आरोपितहरूलाई खोज्न तदारुकता नदेखाएको आरोप समेत लगाएका छन्।

उता ओखलढुंगामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धिचरण नगरपालिका(११ रमाईलोडाँडा बस्ने ३० वर्षीय चन्द्र बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।

विकले ती किशोरीलाई भदौ १९ गते आफ्नै घर गोदामभित्र जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २९ भदौ २०८०, शुक्रबार  ५ : १० बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान