५ पुस २०८२, शनिबार | December 20, 2025

तीज महोत्सवको तयारी अन्तिम चरणमा, चर्चित नृत्य निर्देशक केबी शाहीलाई सम्मान गरिने



खजुरा । खजुरा क्षेत्र संरक्षण समितिको १८ औं सृङ्खलाकारुपमा आयोजना गरिएको १८ औं बृहत तीज महोत्सव २०८० को तयारी अन्तिम चरणमा पुगेको छ ।

महोत्सवमा भागलिने स्थानीय महिलाहरुको समुह र एकल नृत्यमा भाग लिने कलाकारहरुले धमाधम नाम दर्ता गर्न सुरु गरेको आयोजक खजुरा क्षेत्र संरक्षण समितिले जनाएको छ । खजुरा बजारको लक्ष्मीनारायण मन्दिर अगाडि हुने महोत्सवमा लोकनृत्य र लोक संगीत बिधामा खजुरा क्षेत्रकै नाम उच्च स्थानमा पु¥याउने खजुरा क्षेत्रका ख्यातिप्राप्त नृत्य निर्देशक तथा बाध्यवादक केबीशाहीलाई सम्मान गरिने क्षेत्र संरक्षण समितिका अध्यक्ष प्रेमबहादुर बुढाथोकीले बताए ।

खजुरा क्षेत्रमा संगीत यात्रा सुरु गरि नेपालका बिभिन्न राष्ट्रिय प्रतियोगिताहरुमा लोकनृत्य बिधामा प्रथम बनाउन सफल नृत्य निर्देशक तथा ख्यातिप्राप्त बाध्यवादक केबी शाहीलाई सम्मान गर्ने निर्णय गरिएको बुढाथोकीले बताए । शाहीले नृत्य सिकाएका धेरै कलाकारहरु नेपालका बिभिन्न प्रतियोगिताहरुमा प्रथम स्थान हासिल गर्न सफल भएका छन् ।

महोत्सवमा मौलिक तीजको गीत र नृत्यलाई प्रोत्साहित गरिने तथा प्रतियोगितामा भाग नलिने दिदीबहिनीहरुलाई पनि कला प्रदर्शनका लागि स्टेज प्रदान गरिने सांस्कृतिक उपसमितिका संयोजक खगेन्द्रसिंह ठकुरीले बताए ।

परम्परादेखि ब्रतालुहरु मन्दिरमा पुजा गर्न आउने र खजुराबजारमा आफ्नो पिरमर्कालाई तीजको गीतको माध्यमबाट प्रकट गर्ने गरेको संस्कृतिलाई संयोजन गरि २० वर्ष पहिलेबाट खजुरा क्षेत्र संरक्षण समिति तीज महोत्सवको थालनी गरेको थियो । त्यसैको निरन्तरताकारुपमा १८ औं पटक महोत्सव आयोजना गरिएको समितिका सल्लाहकार शिवराज श्रेष्ठले बताए ।

महोत्सवमा स्थानीय विद्यालय, क्लव र महिला समुहले प्रतियोगितामा भाग लिएका छन् भने कार्यक्रमकैबीच लाखेनाच पनि प्रदर्शन हुने छ । दर्शकलाई बस्न सुबिधासम्पन्न टेण्ट र उच्च गुणस्तरको साउण्ड सिस्टमको ब्यवस्था गरिएको मञ्च ब्यवस्थापनका संयोजक रोसन सापकोटाले बताए ।

महोत्सवमा १० हजार बढी दर्शकको उपस्थिती रहने आयोजकले अपेक्षा गरेको छ ।

प्रकाशित मिति : ३० भदौ २०८०, शनिबार  १ : ४० बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने