२९ असार २०८३, सोमबार | July 14, 2026

गैरीगाउँ सामुहिक हत्याकाण्डको छानबिन गर्न पाँच सदस्यीय समिति गठन



काठमाडौं। काठमाडौंको तिनकुनेमा भएको बिभत्स सामुहिक हत्याको छानबिन गर्न समिति गठन गरिएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले तिनकुनेस्थित गैह्रीगाउँमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धान गर्न ५ सदस्यीय अनुसन्धान समिति गठन गरिएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरको संयोजकत्वमा गठित उक्त समितिमा काठमाडौं परिसरका हरी नायव उपरीक्षक हरि खतिवडा, उपत्यका प्रहरीका नायव उपरीक्षक सुवास खड्का, पत्यका अपराध अनुसन्धानका नायव उपरीक्षक सुरक्षा केसी र प्रहरी वृत्त, नयाँ बानेश्वरका प्रहरी निरीक्षक वीरेन्द्र केसी रहेका छन् ।

उक्त हत्याकाण्डको सम्बन्धमा अनुसन्धानका विविध विधि लगायतको अधिकतम प्रयोग गरी सुक्ष्म तवरले अनुसन्धान गरी यथाशिघ्र प्रतिवेदन पेश गर्न समितिलाइ रानीपोखरीले निर्देशन दिएको छ ।

गए राति गैरी गाउँस्थित दिव्या सःमिल भित्र धारिलो हतियार प्रहार गरि एकै परिवारका ३ जनासहित ४ जनाको सामुहिक हत्या गरिएको थियो । सो घटनामा दोलखामा ५६ बर्षिय कुमार भुजेल, उनकी श्रीमती ५२ की अम्बिका भुजेल र उनकी आमा वर्ष ७६ की शुभद्रा भुजेलसहित मोरङ बेलबारीका २० वर्षका नविन राईको हत्या गरिएको अवस्थामा बिहान शव फेला परेको थियो ।

हालसम्म दिपेन्द्र राईलाई पक्राउ गरी सोधपुछ गरिएको छ ।

प्रकाशित मिति : ३० भदौ २०८०, शनिबार  १ : ५२ बजे

कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा सवारी आवागमन

नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक

काठमाडौँ । अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो, ढुङ्गा खस्ने

अर्थमन्त्रीको अवैतनिक राजस्व सल्लाहकारमा अर्याल नियुक्त

काठमाडौँ  । अर्थमन्त्री डा स्वर्णिम वाग्लेको अवैतनिक राजस्व सल्लाहकारमा एफसिए

एघार महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण

प्राधिकरणमा घिमिरे र काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस