५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

गैरीगाउँ सामुहिक हत्याकाण्डको छानबिन गर्न पाँच सदस्यीय समिति गठन



काठमाडौं। काठमाडौंको तिनकुनेमा भएको बिभत्स सामुहिक हत्याको छानबिन गर्न समिति गठन गरिएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले तिनकुनेस्थित गैह्रीगाउँमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धान गर्न ५ सदस्यीय अनुसन्धान समिति गठन गरिएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरको संयोजकत्वमा गठित उक्त समितिमा काठमाडौं परिसरका हरी नायव उपरीक्षक हरि खतिवडा, उपत्यका प्रहरीका नायव उपरीक्षक सुवास खड्का, पत्यका अपराध अनुसन्धानका नायव उपरीक्षक सुरक्षा केसी र प्रहरी वृत्त, नयाँ बानेश्वरका प्रहरी निरीक्षक वीरेन्द्र केसी रहेका छन् ।

उक्त हत्याकाण्डको सम्बन्धमा अनुसन्धानका विविध विधि लगायतको अधिकतम प्रयोग गरी सुक्ष्म तवरले अनुसन्धान गरी यथाशिघ्र प्रतिवेदन पेश गर्न समितिलाइ रानीपोखरीले निर्देशन दिएको छ ।

गए राति गैरी गाउँस्थित दिव्या सःमिल भित्र धारिलो हतियार प्रहार गरि एकै परिवारका ३ जनासहित ४ जनाको सामुहिक हत्या गरिएको थियो । सो घटनामा दोलखामा ५६ बर्षिय कुमार भुजेल, उनकी श्रीमती ५२ की अम्बिका भुजेल र उनकी आमा वर्ष ७६ की शुभद्रा भुजेलसहित मोरङ बेलबारीका २० वर्षका नविन राईको हत्या गरिएको अवस्थामा बिहान शव फेला परेको थियो ।

हालसम्म दिपेन्द्र राईलाई पक्राउ गरी सोधपुछ गरिएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  १ : ५२ बजे

देवदहमा विभिन्न कार्यक्रम गरी बुद्धजयन्ती मनाइँदै

लुम्बिनी । २५६८ औं बुद्धजयन्ती देवदहमा सप्ताहव्यापी रुपमा मनाउने निर्णय

महानगरको सार्वजनिक सुनुवाई- डुबानबाट जोगाउन, पार्किङ मिलाइदिन माग

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. १ का स्थानीयबासीले ढल

दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै

काठमाडौं । शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिन्छ । यद्यपि

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर

भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक गत्यावरोध निकासको