१३ आश्विन २०८०, शनिबार | September 30, 2023

गैह्रीगाउँ हत्या प्रकरण : हत्या आरोपमा बोल्न नसक्ने एकजना पक्राउ

प्रतिशोध र घटना बाहिर जाने डरले चारकै हत्या



काठमाडौं । काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँमा रहेको दिव्य समिलमा भएको चार जनाको हत्या प्रकरण रिसइबी र प्रतिशोधका कारण भएको पाइएको छ ।

आरोपीले रिसइबी साँधेर एक व्यक्तिको हत्या गरेको र उक्त घटना देखेपछि घटना बाहिर जान नदिन उनकै परिवारका अन्य तीन जनाको हत्या गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

उक्त घटनाको अनुसन्धानका लागि उनकै नेतृत्वमा पाँच सदस्यीय समिति बनाइएको थियो । कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले गरेको संयुक्त अनुसन्धानमा उक्त हत्या प्रकरणमा सिन्धुपाल्चोक, बाह्रबिसे घर भई हाल काठमाडौँको काँडाघारी बस्ने २३ वर्षका सञ्जय भण्डारी संलग्न रहेको राठौरले बताए ।

उनका अनुसार घटनापश्चात ट्याक्सी चढ्न लाग्दा फेला परेका दीपेन्द्र राई भने प्रहरीलाई घटनाबारे जानकारी दिन आउँदै गरेको खुलेकाले घटनामा उनको संलग्नता नरहेको पनि राठौरले बताए ।

अनुसन्धानमा सञ्जयले एक्लैले घटना घटाएको स्वीकार गरेका पनि उनले बताए । उनको साथबाट घटनाको दिन बोकेको झोला र सोही झोलामा रहेको खुकुरी बरामद गरिएको छ । उनी पक्राउ पर्दा घटना घटाउँदा लगाएको कपडा नै लगाएको अवस्थामा फेला परेको प्रहरीले आज साँझ घटना विवरण सार्वजनिक गरेको छ ।

उनले केही समय अगाडि हाल हत्या गरिएका विशाल राईले चलाएको मोटरसाइकलले ठक्कर दिँदा विवाद हुन गई राईले प्रतिवादी भण्डारीलाई कुटपिट गरेकोमा सोही रिसइबी÷प्रतिशोधका कारण हत्या गरेको पाइएको छ ।

यही भदौ २९ गते नै मृतक विशाल राईलाई सिध्याइदिन्छु भन्दै भण्डारी आफू बस्ने गरेको दिदीको कोठाबाट उक्त खुकुरी झोलामा हाली पछाडिपट्टिको बन्द गेटबाट माथि चढेर समिलमा प्रवेश गरेका थिए । त्यसपछि राई बस्ने कोठामा गई हेर्दा नदेखेपछि कोठाको सोफामा बसेका थिए । केही समयपछि विशाल राई आएर कुटपिट गरेपछि भण्डारीले खुकुरीले हानेर हत्या गरेको बयान दिएको प्रहीले जनाएको छ ।

उक्त घटना हुँदा सुभद्रा भुजेलले देखेपछि कराएको थाहा पाएर उनले घटना बाहिर ल्याउने डरले भण्डारीले सुभद्राको पनि हत्या गरेको र सोही समयमा पूर्णबहादुर भुजेल घटनास्थलमा पुगी फोन गर्न लागेको जस्तो देखेपछि उनलाई र त्यही बेलै आइपुगेकी उनकी श्रीमती अम्बिकाको पनि हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जन्मजात बोल्न नसक्ने भण्डारी सिन्धुपाल्चोक बाह्रबिसेमा ८ कक्षासम्म अध्ययन गरी १२ कक्षासम्म काठमाडौँमा अध्ययन गरेको खुल्न आएको । सो घटना अनुसन्धान सम्बन्धमा साङ्केतिक भाषा विज्ञ झिकाई थप सोधपुछ गरिएको सोही क्रममा निजले आफूले सम्पूर्ण घटना एक्लै घटाएको स्वीकार गरेको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

घटनापछि सोही घरमा रहेका दीपन्द्र राईले देखेपछि उनी प्रहरीलाई खबर गर्न ट्याक्सी चढ्न लाग्दा प्रहरी घटनास्थलमा पुगेको थियो । रगत लतपतिएको देखेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । अनुसन्धानमा उनी निर्दोष देखिएको राठौरले बताए ।

भदौ २९ गते राति ११ः५५ बजेको समयमा उक्त घटना भएको थियो । काठमाडौँ–३२ तीनकुनेस्थित गैह्रीगाउँस्थित दिव्य समिलमा कुमार भन्ने पूर्णबहादुर भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका नवीन भन्ने विशाल राईको हत्या भएको थियो ।

उक्त हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरीले राठौरकै नेतृत्वमा अनुसन्धान समिति गठन गरेको थियो । सोही समितिले आज घटनाबारे जानकारी गराएको हो ।

 

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ८ : ३३ बजे

नेपालको धारणा प्रति चिनियाँ राष्ट्रपतिको पूर्ण समर्थन रहेको प्रधानमन्त्री प्रचण्डको दाबी (विज्ञप्तिकोपूर्णपाठ)

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनसँगको व्यापार, लगानी तथा अन्तर्देशीय

बिमानस्थलबाट समातियाे तस्करीकाे तीन किलो सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलो सुन बरामद

भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति, ४४ मेगावाट बिक्री गर्न पाउने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को रियल

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं । चीन भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किएका छन्

धौलागिरी अस्पताल बागलुङमा सिटी स्क्यान सेवा सुरु

बागलुङ । बागलुङको धौलागिरी अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएको