१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

देशभरका अस्पतालमा भोलि आकस्मिकबाहेकका सेवा बन्द गरिँदै



काठमाडौं । नेपाल चिकित्सक संघले भोलि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्नेलगायत निर्णय गरेको छ। शनिबार विज्ञप्ति जारी गर्दै संघले कुरा कुरा जनाएको हो।

मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा आन्दोलन थालिएको संघले जनाइएको छ।

यही भदौ २७ गते डा। विकास थापा र डा। प्रशान्त विडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरिएको संघले उल्लेख गरेको छ। घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सोही दिन संघले ७२ घण्टाको ‘अल्टिमेटम’ दिएको थियो। दोषीमाथि अझै कारबाही नगरिएको भन्दै संघले सेवा बन्दको कार्यक्रम सार्वजनिक गरेको हो।

देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गर्नुपर्नेलगायत माग पनि संघले गरेको छ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ८ : ५४ बजे

सामान्य सवारीका बीच राष्ट्रपति पौडेल पुगे संसद भवन

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र

दश महिनामा ६० प्रतिशत बजेट खर्च

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट खर्च

भारतमा आँधीका कारण १४ जनाको मृत्यु

नयाँदिल्ली भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति आएको विशाल आँधीबेहरी

कोशीकी जसपा सांसद निर्मला लिम्बूद्वारा अशोक राईको पक्षमा सनाखत

विराटनगर । कोशी प्रदेशसभाकी सांसद निर्मला लिम्बू अशोक राईको पक्षमा