२४ माघ २०८२, शनिबार | February 7, 2026

चिकित्सक संघको आन्दोलन : आज देशभर आकस्मिक बाहेकका सेवा बन्द



काठमाडौं । आज देशैभरीका स्वास्थ्य संस्था बन्द हुने भएका छन । देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द हुन लागेको हो ।

हेटौंडामा चिकित्सक कुटिए पछि सोको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको हो ।

शनिबार जारी गरिएको विज्ञप्ति अनुसार मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा चरणबद्द आन्दोलन थालिएको संघको भनाइ छ । संघका अनुसार गत भदौं २७ गते डा विकास थापा र डा प्रशान्त विडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरिएको संघले स्मरण गराएको छ ।

सो घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सोही दिन संघले ७२ घण्टाको ‘अल्टिमेटम’ दिएको तर दोषी माथि अझै कारबाही नगरिएको भन्दै संघले आजको आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्दको कार्यक्रम गरेको हो ।

संघका अनुसार देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गर्नुपर्नेलगायत माग अगाडी सारेको छ ।

प्रकाशित मिति : ३१ भदौ २०८०, आइतबार  ७ : ०८ बजे

साफ यु-१९ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

कास्की । पोखरामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप

काठमाडौंलाई मधेस बुझाउन उम्मेदवारी दिएको हुँ : सभापति थापा

काठमाडौं । सर्लाही क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी

एमाले रुपन्देहीका उम्मेदवारहरु चुनावी अभियानलाई तीब्र बनाउँदै, सबै क्षेत्रमा जित निकाल्ने तयारी

बुटवल । नेकपा एमालेले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा चुनावी

रुपन्देही-२ मा नेकपाको तीन सय एक सदस्यीय युवा परिचालन समिति

बुटवल, २४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि

सप्तरीमा शंकास्पद वस्तु विस्फोट, चार बालक घाइते

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका-६ स्थित दुधैला खोलामा शंकास्पद वस्तु