२३ चैत्र २०८२, सोमबार | April 6, 2026

चाडबाडका बेला शान्तिसुरक्षाबारे चनाखो हुन सुरक्षा निकायलाई निर्देशन



काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् । आज रक्षा मन्त्रालयमा भएको छलफलमा मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, रक्षा सचिव, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुख, नेपाल प्रहरीका कार्यवाहक प्रमुखलगायत सहभागी थिए ।

सुरक्षा निकाय प्रमुखसँगको छलफलमा कार्यवाहक प्रधानमन्त्री खड्का तथा गृहमन्त्री श्रेष्ठले देशको समग्र शान्तिसुरक्षाको अवस्थाबारे जानकारी लिएका छन् । शान्तिसुरक्षाको अवस्था दुरुस्त राख्न तथा सामाजिक सद्भाव खल्बलिन नदिने गरी सुरक्षा प्रबन्ध मिलाउन पनि सुरक्षा निकाय प्रमुखलाई निर्देशन दिइएको छ ।

चाडबाड नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य समान सहज उपलब्ध हुने व्यवस्था मिलाउन, कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि हुन नदिन थप प्रभावकारी व्यवस्थापन गरी नियमित अनुगमन गर्न कार्यवाहक प्रधानमन्त्री खड्काले निर्देशन दिएका छन् ।

चाडपर्व नजिकिँदै गरेका कारण आपूर्ति व्यवस्थाको नियमितता र अनुगमनलाइ समेत थप प्रभावकारी बनाउँदै कहीँकतै आम नागरिक ठगिएको, कृत्रिम अभाव सृजना गरिएको पाइए तुरुन्त कारबाही गर्न निर्देशन दिएका छन् ।

सो अवसरमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न बहानामा द्वन्द्व बढाउने तथा समाजिक सद्भाव बिगार्ने प्रयास भइरहेकाले त्यसतर्फ सजक र सतर्क हुन सबै सुरक्षा निकायलाई निर्देशन दिए ।

कार्यवाहक प्रधानमन्त्री खड्का र उपप्रधानमन्त्री श्रेष्ठले सुरक्षा निकायका प्रमुखसँगको छलफलका क्रममा राजनीतिक र आपराधिक घटनाहरू समयमै पहिचान गर्न तथा राजनीतिक गतिविधिको आवरणमा आपराधिक गतिविधि हुन सक्नेमा ध्यान दिन निर्देशन दिए । छलफलमा मुख्य सचिव, गृह सचिव र रक्षा सचिवले समसामयिक विषयमा जानकारी गराएका थिए ।

त्यस्तै, आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्यवाहक प्रधानमन्त्री खड्काले भेट गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर कार्यवाहक प्रधानमन्त्री खड्काले देशको समसामयिक विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।

प्रकाशित मिति : ३१ भदौ २०८०, आइतबार  ९ : ५५ बजे

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आजको मौसम : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको