३ जेष्ठ २०८१, बिहिबार | May 17, 2024

चाडबाडका बेला शान्तिसुरक्षाबारे चनाखो हुन सुरक्षा निकायलाई निर्देशन



काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् । आज रक्षा मन्त्रालयमा भएको छलफलमा मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, रक्षा सचिव, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुख, नेपाल प्रहरीका कार्यवाहक प्रमुखलगायत सहभागी थिए ।

सुरक्षा निकाय प्रमुखसँगको छलफलमा कार्यवाहक प्रधानमन्त्री खड्का तथा गृहमन्त्री श्रेष्ठले देशको समग्र शान्तिसुरक्षाको अवस्थाबारे जानकारी लिएका छन् । शान्तिसुरक्षाको अवस्था दुरुस्त राख्न तथा सामाजिक सद्भाव खल्बलिन नदिने गरी सुरक्षा प्रबन्ध मिलाउन पनि सुरक्षा निकाय प्रमुखलाई निर्देशन दिइएको छ ।

चाडबाड नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य समान सहज उपलब्ध हुने व्यवस्था मिलाउन, कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि हुन नदिन थप प्रभावकारी व्यवस्थापन गरी नियमित अनुगमन गर्न कार्यवाहक प्रधानमन्त्री खड्काले निर्देशन दिएका छन् ।

चाडपर्व नजिकिँदै गरेका कारण आपूर्ति व्यवस्थाको नियमितता र अनुगमनलाइ समेत थप प्रभावकारी बनाउँदै कहीँकतै आम नागरिक ठगिएको, कृत्रिम अभाव सृजना गरिएको पाइए तुरुन्त कारबाही गर्न निर्देशन दिएका छन् ।

सो अवसरमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न बहानामा द्वन्द्व बढाउने तथा समाजिक सद्भाव बिगार्ने प्रयास भइरहेकाले त्यसतर्फ सजक र सतर्क हुन सबै सुरक्षा निकायलाई निर्देशन दिए ।

कार्यवाहक प्रधानमन्त्री खड्का र उपप्रधानमन्त्री श्रेष्ठले सुरक्षा निकायका प्रमुखसँगको छलफलका क्रममा राजनीतिक र आपराधिक घटनाहरू समयमै पहिचान गर्न तथा राजनीतिक गतिविधिको आवरणमा आपराधिक गतिविधि हुन सक्नेमा ध्यान दिन निर्देशन दिए । छलफलमा मुख्य सचिव, गृह सचिव र रक्षा सचिवले समसामयिक विषयमा जानकारी गराएका थिए ।

त्यस्तै, आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्यवाहक प्रधानमन्त्री खड्काले भेट गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर कार्यवाहक प्रधानमन्त्री खड्काले देशको समसामयिक विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ९ : ५५ बजे

पर्यटकीयस्थल रारामा प्लास्टिकजन्य वस्तु छोड्न नपाइने

मुगु । सुन्दर पर्यटकीयस्थल रारा घुम्ने पर्यटकले अब प्लास्टिकजन्य वस्तु

पत्रकार महासंघका पूर्व महासचिव केसीकी आमाको निधनको शोकमा श्रद्धाञ्जली सभा

नेपालगन्ज । नेपाल प्रेस युनियनका नेता, नेपाल पत्रकार महासंघका पूर्व

संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद्‌लाई

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति

सभामुखका कारण संसदमा अप्रिय अवस्था निम्तियो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेका